
शुक्रवार , मंसिर ५, २०७७
परासी, ५ मंसिर ।
नवलपरासीको महेशपुर भन्सार कार्यालयले चार महिनामा मात्रै १२ करोड १७ लाख ८६ हजार राजस्व संकलन गरेको छ । यो चार महिनाको राजस्व अहिलकै धेरै रहेको पाइएको छ ।
भन्सारमा मालसमानको निकासी पैठारी बढेपछि राजस्वमा वृद्धि भएको भन्सार कार्यालले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा ४ करोड ९१ लाख ८६ हजार ४३० रुपैया राजस्व उठेको थियो भने असोजमा ४ करोड ७४ हजार ९६ र कार्तिका ३ करोड २५ लाख २६ हजार ४३० रुपैया राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पैठारी भन्सार महसुलतर्फ ६ करोड ४९ लाख १९ हजार ६४५ रुपैयाँ संकलन भएको छ । यो राजस्व गत वर्षको तुलनामा यस वर्ष राजस्वमा व्यापक वृद्धि भएको पाइएको छ ।
गत आर्थिक बर्ष कुल १५ करोड ८१लाख ९६ हजार मात्र राजस्व संकलन भएको थियो तर यस वर्ष यसरी नै राजस्वमा वृद्धि रहयो भने गत वर्षको तुलनामा दोब्बरै राजस्व उठने कार्यालयको अनुमान छ । कार्यालयले यस वर्ष १५ करोड ८१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको यस वर्ष लक्ष्य भन्दा बढी राजस्व उठने अनुमान रहेको कार्यालयका प्रमुख राम प्रसाद अर्यालले जानकारी दिए ।
त्यस्तै जिल्लामा चोरी तस्करी गर्दा बरामद मालसमानबाट पनि भन्सार कार्यालयलमा ७८ लाख ६७ हजार २५० रुपैयाँ राजस्व दाखिला भएको छ । सशस्त्र प्रहरी तथा जनपद प्रहरीले जिल्लाको विभिन्न क्षेत्रबाट बरामद तस्करीका सर–सामानहरुको लिलामीबाट उक्त राजस्व दाखिला भएको छ ।
चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा कुल १७८ वटा लिलाम भएको छ । सशस्त्र प्रहरीद्धारा बरामद मालसमानको लिलामबाट ३७ लाख ३६ हजार ६७५, नेपाल प्रहरीद्धारा बरामद मालसमानको लिलामबाट ३५ लाख २५ हजार ६७५ र भन्सार कर्मचारीद्धारा बरामद मालसमानको लिलामबाट ६ लाख ५ हजार गरी कुल ७८ लाख ६७ हजार २५० रुपैया राजस्व यस कार्यालयमा दाखिला भएको कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij