२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

सिटिजन्स बैंकका ग्राहकलाई सत्य ओमकार डेण्टल प्रा.लि.मा छुट

सोमवार , जेठ ३०, २०७९

भैरहवा, ३० जेठ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले सिद्धार्थनगर–७, भैरहवास्थित सत्य ओमकार डेण्टल होम प्रा.लि.मा उपचार सेवामा छुट पाउने भएका छन् । बैंक र डेण्टल प्रा.लि.बीच सोमबार भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले छुट सुविधा पाउने भएका हुन् । 

बैंकका कर्मचारी अन्तिम थापा, ओमकार डेण्टल प्रा.लि.मा कार्यरत डेण्टल सर्जन डा. अस्मिता यादवको रोहबरमा बैंकका भैरहवा शाखाका प्रबन्धक एक नारायण अर्याल र प्रा.लि.का सञ्चालक समिर झाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार दन्तरोगसम्बन्धि उपचारमा १५ प्रतिशत छुट (दाँतको सफाई, दाँत भर्ने, दाँत निकाल्ने, बच्चाको दाँतको उपचार र दाँतको जरा राख्ने) प्रदान गरिनेछ ।

त्यस्तै १० प्रतिशत छुट प्रदान गरिने सेवाहरुमा दाँतको आर.सी.टी (जरैदेखि उपचार), दाँत झिक्ने/राख्ने,  फिक्स दाँत राख्ने, मुखको सामान्य शल्यक्रिया, दाँतमा खोल राख्ने र पुरै सेट दाँत राख्ने रहेका छन् ।

IMG-20220613-WA0004.jpg

सत्य ओमकार डेण्टल प्रा.लि.मा प्रत्येक शुक्रबार काठमाडौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालका डा. किशोर दत्तबाट चेकजाँच गरिदै आएको सञ्चालक समिर झाले जानकारी दिए । त्यस्तै प्रा.लि.मा डा. रनिश मिश्रा, डा. अस्मिता यादव र डा. नारायण पोखरेलबाट पनि दाँत तथा मुखरोगसम्बन्धी चेकजाँच तथा उपचारको सेवा उपलब्ध रहेको उनले बताए ।

विगत ११ वर्षदेखि सञ्चालित सत्य ओमकार डेण्टलको भैरहवा, ठूटीपीपल र ड्राइभर टोलमा गरी ३ वटा शाखा रहेका छन् ।