२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

महालक्ष्मी बैंक ठूटीपीपल शाखाद्वारा पानी टंकी हस्तान्तरण

शनिवार , जेठ २८, २०७९

भैरहवा, २८ जेठ ।
महालक्ष्मी विकास बैंक ठूटीपीपल शाखाले एक थान स्टील पानी टंकी हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गुरुङ राष्ट्रिय परिषद् इकाई कार्यसमिति, ओमसतिया रुपन्देहीलाई उक्त पानी टंकी हस्तान्तरण गरेको हो ।

बैंकका ठूटीपीपल शाखाका प्रबन्धक प्रविन अमात्यले परिषद्का अध्यक्ष डम्मबर बहादुर गुरुङलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । शाखा प्रबन्धक अमात्यका अनुसार बैंकले समय समयमा संस्थागत उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

कार्यक्रममा बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ता, बेथरी शाखाका प्रबन्धक अनिष गौतम, मणिग्राम शाखा प्रबन्धक सुरेश भण्डारी र धकधई शाखाका प्रबन्धक सनम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।