२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

दोगहरी स्मार्ट कृषि गाउँ कार्यक्रम : विभिन्न कृषि उपकरण वितरण

शनिवार , जेठ २८, २०७९


भैरहवा, २८ जेठ ।
दोगहरी स्मार्ट कृषि गाउँ कार्यक्रमको स्वीकृत आर्थिक वर्ष २०७८/०७९ अन्तर्गत सिद्धार्थनगर–१० का किसानहरुलाई विभिन्न कृषि उपकरण गरिएको छ । कृषि ज्ञान केन्द्र रुपन्देहीबाट अनुदान प्राप्त सामग्री वितरण गरिएको हो ।

वडा नम्बर १० अन्तर्गत दोगहरी, शंकरपुर, छोटकी शंकरपुर, धरमपुर, बेलडिहवाका कृषकहरुलाई कृषि उपकरण प्रदान गरिएको स्मार्ट कृषि गाउँ कार्यक्रमका अध्यक्ष प्रहलाद मुराउले बताए ।

विगत २ वर्षदेखि सञ्चालित कार्यक्रम अन्तर्गत भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश र कृषि ज्ञान केन्द्र रुपन्देहीको सहयोगमा यस वर्ष ३ सय बढी कृषक परिवारलाई ५३ लाख ५७ हजार मूल्य बराबरको विभिन्न उपकरण प्रदान गरिएको स्मार्ट गाउँ कार्यक्रमका सचिव राजकुमार चाईले बताए । उनका अनुसार वितरण गरिएको सामग्रीहरुमा ह्याण्ड ट्याक्टर, मोटर पम्प, स्प्रे मेसिन, डेलिभरी पाइप, धान कुट्ने मेसिन, धान थ्रेसर, कम्प्युटर कांटा, डेहरी, माटो लेभलर, ह्युमी गोल्ड, बिउ लगायत रहेका छन् । सचिव चाईले अघिल्लो वर्ष १०२ घरपरिवारलाई कृषि उपकरण वितरण गरिएको जानकारी दिए ।

IMG_9486.JPG

एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री सन्तोष कुमार पाण्डेयले उक्त सामग्री हस्तान्तरण गरे । सो अवसरमा बोल्दै पूर्वमन्त्री पाण्डेयले ४ वर्षे कार्यक्रममा सिद्धार्थनगर–१० का नागरिक लाभान्वित हुने बताए । उनले सिद्धार्थनगर–१० मा अधिकांश वडाबासी कृषि पेशामा आश्रित भएकाले वितरण गरिएको कृषि सामग्रीले कृषक र उहाँहरुका परिवारलाई काम गर्न थप प्रेरणा प्रदान गरिने बताए । उनले प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि आफ्नो पहलमा कृषिसम्बन्धि कार्यक्रम वडामा सञ्चालनमा आएको र कार्यक्रमबाट लाभान्वित भएपछि कृषक समेत खुसी भएको बताए । उनले भने, ‘म प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि मेरै पहलमा यो कार्यक्रम आएको हो, मन्त्री भएपछि अन्य विभागीय मन्त्रीहरुसँग निरन्तर अनुरोध गर्दै कृषि क्षेत्रलाई प्राथमिकता दिदै अगाडि बढेको छु, आगामी दिनमा पनि यस्ता कार्यक्रम ल्याउन पहल गर्नेछु ।’ जनताको प्रतिनिधि निरन्तर जनताकै सुखदुःखमा लाग्नुपर्ने उनको भनाइ थियो ।

IMG_9483.JPG