
शनिवार , जेठ २८, २०७९
भैरहवा, २८ जेठ ।
महालक्ष्मी विकास बैंक लिमिटेड सुर्यपुरा शाखाले गैडहवा गाउँपालिका–६ स्थित सुर्यपुरा स्वास्थ्य चौकीलाई शुक्रबार २ थान थ्री सिटर कुर्ची र १ थान अफिस दराज हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले महालक्ष्मी विकास बैकले गरेको यो कार्यक्रमले यस क्षेत्रमा बैंकले स्थानीयस्तरमा थप विश्वास जित्ने बताए । उनले आगामी दिनमा पनि बैंकले यस्ता कार्यक्रमहरु निरन्तर गर्दै जानुपर्नेमा जोड दिए ।
स्वास्थ्य चौकी प्रमुख मीना पन्थीले स्वास्थ्य चौकीमा सामग्री हस्तान्तरण गरेको भन्दै बैंकलाई धन्यवाद दिइन् ।
बैंकको सुर्यपुरा शाखाका प्रबन्धक गोपाल कंडेलले स्थापनाको ३ वर्षको अवधिमा यहाँका स्थानीय तथा ग्राहकले देखाउनुभएको माया र विश्वासले थप हौसला प्रदान भएको बताए । उनले आगमी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत यस्तै किसिमका कार्यक्रम नियमित रुपमा गर्ने बताए ।
कार्यक्रममा महालक्ष्मी विकास बैक लिमिटेड भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ता, लुम्बिनी शाखाका प्रबन्धक गोविन्द ज्ञवाली, बेथरी शाखाका प्रबन्धक अनिष गौतम, ठूटीपीपल शाखाका प्रबन्धक प्रविन अमात्य, शाखा कार्यालय पकडी कपिलवस्तुका प्रबन्धक दिपेश अर्याल लगायतको उपस्थिती रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij