२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

शनिवार , जेठ २८, २०७९

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  • भैरहवा, २८ जेठ ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र सनराइज बैंक लिमिटेड भैरहवा शाखाको संयुक्त आयोजनामा बैंकिङ्ग साक्षरतासम्बन्धी कार्यक्रम शुक्रबार भैरहवामा सम्पन्न भएको छ । 

    कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विद्यार्थी उद्यमी बन्ने लक्ष्य लिनुपर्ने तथा यस प्रकारको शिक्षाबाट भविष्यमा बैंकसँग कारोबार गर्दा सहज हुने बताए । उनले वित्तीय साक्षरता कार्यक्रम गर्न सिद्धार्थ उद्योग वाणिज्य संघसंग सहकार्य गरेकोमा सनराइज बैंकलाई धन्यवाद दिए ।

    सनराईज बैंकका लुम्बिनी प्रदेश प्रमुख सुनिल मण्डलको सभापतित्व, संघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठको प्रमुख आतिथ्यता, संघका कार्यसमिति सदस्य अभिवन मयुर कसौधनको स्वागत तथा महासचिव विजय पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा संघका पदाधिकारी, उपसमिति सदस्य, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण नेशनल बैंकिङ्ग इन्ष्टिच्युट काठमाडौंले गरेको थियो ।