
शुक्रवार , जेठ २७, २०७९
रुपन्देही, २७ जेठ ।
रुपन्देहीको सैनामैना नगरपालिकास्थित एक कपास उद्योगमा आगलागी भएको छ । सैनामैना नगरपालिका–६ स्थित कलौनी पुरानो बजारमा रहेको शिव भवानी कपास उद्योगमा शुक्रबार बिहान आगलागी भएको हो ।
आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ लगायत जलेर नष्ट हुँदा ८६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए ।
सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाका ३ वटा दमकल, प्रहरी, सेना, जनप्रतिनिधि, नगर प्रहरी र स्थानीयले ३ घण्टापछि आगलागी नियन्त्रणमा लिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij