
बिहिवार , जेठ २६, २०७९
भैरहवा, २६ जेठ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखाले अभिकर्ता उत्प्रेरणा तथा अन्तरक्रिया सम्पन्न गरेको छ । बिहीबार भैरहवामा आयोजना गरिएको कार्यक्रममा बोल्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले जीवन सफल बनाउनका लागि लक्ष्य लिएर अघि बढ्नुपर्ने बताए । उनले बीमाबाट जोखिमबाट न्यूनीकरण तथा बचत हुने बताए । उनले भने, ‘महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट बीमा गरे धेरै राम्रो प्रतिफल पाउन सकिन्छ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख यमलाल न्यौपानेले बीमा बारेमा अधिकांश नागरिकले बुझिसकेको बताए । उनले भने, ‘बजारमा बीमा कम्पनीप्रति विश्वसनीयता बढ्दै गएको छ । ’ विशेषता र आवश्यकता दर्शाएर बीमा गराउनुपर्ने उनको भनाइ थियो ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लुम्बिनी शाखा प्रमुख जितेन्द्र कुमार दुबेको स्वागत तथा भैरहवा शाखा प्रमुख अजय त्रिपाठीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij