२०८३, जेठ ४ गते

May 18 2026 | २०८३, जेठ ४ गते

८ महिना पछि खुल्यो लुम्बिनी, अब मास्क लगाएर घुम्न पाईने छ लुम्बिनी 

बुधवार , मंसिर ३, २०७७

  • 10.4K
    Shares
  • 10.4K
    Shares
  • लुम्बिनी । कोरोना भाईरसका कारण २०७६ चैतदेखि बन्द रहेको बिश्व शान्तिको केन्द्र लुम्बिनी क्षेत्र आज बुधबारदेखि खुला गरिएको छ। सरकारले गत शुक्रबार पर्यटकीय गन्तब्यहरु खुलाउने निर्णय गरेसंगै बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र पर्यटकका लागि बुधबारदेखि खुला गरिएको लुम्बिनी बिकास कोषले जनाएको छ। 

    पर्यटकका लागि खुला गरिएको लुम्बिनीमा मायादेवि भित्र भने प्रबेश गर्न नपाईने कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । उनले मायादेवी मन्दिर परिषरमा रहेको अशोक स्तम्भ, पुस्करिणी पोखरी, बगौचा भने खुला रहने छ । लुम्बिनी प्रबेश गर्ने पर्यटकका लागि सरकारले तोकेको स्वास्थ्य मापदण्ड भने पुरा गर्नु पर्ने छ। 

    सदस्य सचिव शाक्यका अनुसार मन्दिर क्षेत्र प्रबेश गर्नु अघि मास्क र तापक्रम मापन गर्नु पर्ने छ। लुम्बिनीका अन्य विहार (गुम्बा) र मन्दिरहरुमा घुमघामका लागि पनि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नुपर्ने उनले बताए। 
    कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द रहेको लुम्बिनी अहिले निकै सिंगारिएको छ भने थप सुन्दर र आकर्षक देखिएको छ। 

    लकडाउनको सदुपयोग गर्दै लुम्बिनी विकास कोषले लुम्बिनी क्षेत्रभित्र सरसफाई, मर्मत सम्भार, वृक्षारोपण र सौन्दर्यीकरणका काम गरेर लुम्बिनीलाई सिंगारेको छ।