images

बिहिवार, बैशाख २७ गते २०८१

नेपकेएर सोलुसनको डिजिटल स्वास्थ्य सेवा 

नेपकेएर सोलुसनको डिजिटल स्वास्थ्य सेवा 

images
images
images
सोमवार, जेठ २३ २०७९
सोमवार, जेठ २३ २०७९
  • नेपकेएर सोलुसनको डिजिटल स्वास्थ्य सेवा 

    रुपन्देही, २३ जेठ ।
    तपाईलाई कुनै पनि स्वास्थ्य समस्या छ ? सम्बन्धीत विशेषज्ञ को होला ? वा आकस्मिक स्वास्थ्य समस्या आइपरेमा घरेलु रुपमा प्राथमिक उपचार पद्दति कसरी गर्न सकिएला ? अब यी र यस किसिमका स्वास्थ्य समस्याहरु आइ रेमा तपाईले घरमै सम्बन्धित स्वास्थ्य विज्ञसँग परामर्शसहित कुनै पनि स्वास्थ्य समस्या आइपरेमा तत्काल प्राथमिक उपचार पद्दतिको जानकारी पाउन सक्नुहुन्छ । त्यो पनि आफूसँग भएको सुचना प्रविधिको प्रयोगबाट । नेपकेयर सोलुसनले संचालनमा ल्याएको डिजिटल स्वास्थ्य कार्यक्रबाट यस्ता सेवा लिन सक्नुहुनेछ । स्वास्थ्य सबैका लागि भन्दै बुटवलबाट संचालनमा आएका नेपकेयर सोलुसनबाट सबै प्रकारका स्वास्थ्य समस्याका विषयमा जानकारी र उचित परामर्श प्राप्त गर्न सकिन्छ । 

    images
    images
    images

    यसरी नेपालमा डिजिटल स्वास्थ्य सुविधाको सूरुवात गर्ने एक पात्र हुन् । रुपन्देहीको बुटवलमा जन्मिएका अविरल गुभाजु । १२ वर्षअघि शैक्षिक यात्राको क्रममा उनी अष्ट्रेलिया पुगे । अष्टे«लियामा बसोबास गर्दै आएका उनी केही महिनादेखि भने नेपालको स्वास्थ्य सेवामा सुचना प्रविधिको प्रयोगबाट सुलभ, सहज र सबैको पहुँच कसरी विस्तार गर्न सकिन्छ भनेर लागिपरेका छन् । विगत ९ महिनादेखि डिजिटल स्वास्थ्य सेवाको लागि काम गर्दै आएका उनले नेपकेयर संचालनमा ल्याएका छन् । 

    सूचना प्रविधिको प्रयोगबाट जनताको स्वास्थ्यमा सहज पहुँच विस्तार गर्नको लागि नेपकेयरले डिजिटल स्वास्थ्य सुविधा कार्यक्रम प्रयोगमा ल्याएको उनले बताए । शैक्षिक अध्ययनको क्रममा अष्ट्रेलिया बसोबासको क्रममा त्यहाँ उपलब्ध स्वास्थ्य सेवाहरु र नागरिकलाई निःशुल्क रुपमा स्वास्थ्य सेवाहरुको मुल्यांकन गर्न मद्दत गर्ने प्रणालीबाट आफू धेरै नै प्रभावित भइ नेपालमा पनि सोही प्रणालीअनुसार स्वास्थ्य सेवाहरुको मुल्यांकन गर्न मद्दत पुग्ने भन्दै नेपकेयरको सूरुवात गरेको उनले बताए । 

    स्वास्थ्य मानिसको सबैभन्दा ठूलो धन हो । पछिल्लो समय नेपालको हकमा स्वास्थ्य क्षेत्रमा धेरै विकृतिहरु पनि देखा परेका छन् । स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिहरुलाई निराकरण गर्द स्वास्थ्यलाई सर्वसुलभ बनाउने आफ्नो योजना रहेको उनी सुनाउँछन् । सहज स्वास्थ्य सेवालाई नेपालमा पनि अझ सर्वसुलभ रुपमा कसरी विस्तार गर्न सकिन्छ भनेर विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छन् । उनले संचालन गरेको नेपकेयरले कुनै पनि स्वास्थ्यसम्बन्धी समस्यामा सम्बन्धित विशेषज्ञ चिकित्सकको परामर्शसहित प्राथमिक उपचार पद्दतीसम्मको जानकारी लिन सकिने उनी बताउँछन् । 

    नेपकेयरले संचालन गरेको डिजिटल स्वास्थ्य सुविधा कार्यक्रममार्फत विशेषज्ञ चिकित्सकसहितको टोलीबाट स्वास्थ्यसम्बन्धी ज्ञान पाउनुका साथै हरेक दिन २४ घण्टा कुनै पनि स्वास्थ्य समस्या भएका नेपकेयरमार्फत सल्लाह, सुझावका साथै तत्काल घरेलु उपचारको विधिको बारेमा जानकारी दिइने उल्लेख गरेका छन् । इन्टरनेट टेलिफोन अभियान जस्ता उपलब्ध माध्यमबाट आगामी १० वर्षभित्र नेपालका विशेष गरी ग्रामीण क्षेत्रका सबै नागरिकलाई निःशुल्क आधारभूत गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य रहेको उनको भनाइ छ । 

    नागरिकलाई निःशुल्क रुपमा स्वास्थ्य सेवाको मूल्यांककन गर्ने प्रणालीको सुरुवात गर्न उनले एक टोलीको समेत गठन गरेका छन् । स्वास्थ्य सेवामा देखिएका विकृतिको निराकरणका लागी धरातलबाट नै काम गर्नुपर्ने उनको अनुभव छ । नेपालको ग्रामीण स्वास्थ्यबाट सुरु भएर शहरहरुमा स्वास्थ्य क्षेत्रकोे वास्तविक अवस्था पत्ता लगाउनु अहिलेको महत्वपूर्ण योजना रहेको उनको भनाइ छ । 

    रुपन्देहीको बुटवलबाट संचालन भएको नेपकेयरले बिशेष गरी ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहँुच विस्तार गर्ने गरी सेवाको प्रारम्भ गरेको नेपकेयरका कार्यकारी निर्देशक मनोज पन्तले बताए । बुटवल क्षेत्रमा लामो समयदेखि स्वास्थ्य संस्थामा काम गर्ने क्रममा आफुले स्वास्थ्य सेवाको विकृति कसरी अन्त्य गर्न सकिन्छ भनेर खोज गर्दै जाने क्रममा गुभाजुसँगको सहकार्यमा नेपकेयर संचालनमा ल्याएको उनको भनाइ छ । 

    बुटवलमा रहेर संचालित नेपकेयर सोलुसनको माध्यबाट जानकारी पाउनुका साथै विशेषज्ञ चिकित्सकबाट सेवा लिन सकिने उनको भनाइ छ । बुटवलको मैत्रीपथमा सञ्चालित मंगलम पोलीक्लिनकमार्फत पनि बिरामीलाई सम्बन्धित चिकित्सकसँग भेट तथा सोझै परामर्श पनि गराउन सक्ने उनको भनाइ छ । 

    डिजिटल स्वास्थ्य सुविधा कार्यक्रमको माध्यमबाट अब कुनै पनि स्वास्थ्य समस्यासँग सम्बन्धित विज्ञसँगको सहज परामर्शबाट उपचारको सुविधा पाउन सकिनेछ । बजारमा अन्य कुनै पनि सेवा लिनको लागि छनौटको सुविधा भए पनि स्वास्थ्य सेवामा कुन अस्पताल, चिकित्सक जस्ता छनौटको परामर्शको अभाव हुँदा स्वास्थ्य जस्तो संवेदनशील विषयमा जनता ठगिनु परेको भन्दै उनले नेपकेयरकोमार्फत आम नागरिकलाई स्वास्थ्य सेवामा थप जानकारी प्रदान गर्दै सर्वसुलभ सेवा पाउने अवसरको सिर्जना गरिने उनको भनाइ छ । उनी भन्छन, “गुणस्तरीय स्वास्थ्य, आधारभुत स्वास्थ्य सेवाहरु जुनसुकै उपलब्ध माध्यमबाट प्रत्येक व्यक्तिको पहुँचमा हुनुपर्छ भन्ने मान्यताको साथमा नेपकेयर संचालनमा आएको हो । ” 

    स्वास्थ्य क्षेत्रमा अपनाइएका सूचना प्रविधिको प्रयोगबाट प्राथमिक स्वास्थ्य, घरेलु स्वास्थ्यसँगै मानसिक स्वास्थ्यसँग सम्बन्धित मनोपरामर्श लगायतका सेवाहरु पनि लिन सकिने नेपकेयरले जनाएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij