
सोमवार , मंसिर १, २०७७
परासी, १ मंसिर ।
प्रहरीले पश्चिम नवलपरासीबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले जुवा खालबाट होटल संचालकसहित १२ जना जुवाडेलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
जिल्लाको बर्दघाट नगरपालिका २ चिसापानीस्थित ध्रुब भण्डारीले संचालन गरेको रोयल कटेज होटेलमा जुवा खेलिरहेका १२ जना र होटल संचालक भण्डारी गरी १३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार उक्त जुवा खालबाट तीन लाख ८७ हजार ९६५ रुपैया नगद र ४ बुक तास बरामद गरिएको जनाएको छ । चाडपर्वका बेला जिल्लाको विभिन्न ठाउँहरुमा जुवा तास र कौडा खेल भइरहेको जनगुनासोहरु बढिरहेको हुँदा प्रहरीले निगरानी बढाएको जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij