
बिहिवार , जेठ १९, २०७९
भैरहवा, १९ जेठ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा उद्योगी व्यवसायीहरूले भोग्नुपरेको बैंक तथा वित्तीय संस्थासम्बन्धी समस्या समाधानका विषयमा उद्योगी व्यवसायी र बैंकर्सहरुबीच छलफल कार्यक्रम सम्पन्न भएको छ ।
छलफलमा बोल्दै संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बढ्दो ब्याजदरले साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई उद्योग व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सृजना भएको बताए । उनले आधार दर घटाउने, कारोबार नदेखिएको भनी ऋण घटाउन दबाब दिने विषय समाधान गर्न बैंकर्सहरुले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा बैंकर्स संघ भैरहवाका अध्यक्ष खिमबहादुर कार्की लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुको साथै संघका पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी व्यवसायीहरुको सहभागिता रहेको छलफलमा दुवै पक्षले समस्या समाधानको लागि सम्बन्धित निकायहरुमा पहल गर्ने बताएका थिए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव विजय पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij