२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

‘बजेटले राजनीतिक र आर्थिक संकट ल्याएको छ’

बिहिवार , जेठ १९, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं, १९ जेठ ।
    प्रतिनिधिसभाको आज तेस्रो दिन पनि सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल भइरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा बजेटको सैद्धान्तिक विषयमा सामान्य छलफल गरिने र विस्तृत रूपमा मन्त्रालयगत छलफल पछि हुने जानकारी गराए । 

    बजेटमाथिको छलफलमा सांसद् प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले राजनीतिक अस्थिरता र आर्थिक अस्थितरता दुवै ल्याएर थप संकट ल्याएको र आफूले त्यस्तो अपेक्षा नगरेको बताए । उनले वर्तमान विश्वमा आर्थिक संकट पैदा भइरहेको अवस्थामा प्रतिकूलतालाई विचार गरेर बजेट ल्याउनुपर्नेमा अर्थमन्त्रीले सो कुरालाई ध्यान नदिएको धारणा राखे । 

    सांसद् ज्ञवालीले बजेट देशभित्र विकास बाधक र कतिपय अवस्थामा संवेदनशील समेत देखिएको बताए । सांसद ज्ञवालीले बजेट कार्यान्वयन हुने खालको नभएको उल्लेख गर्दै भने, “बजेट ठूलो आकारको छ, यो चुनावी वर्ष हो, चुनाव गर्ने छलफलमा तपाईँहरु आफैं आयात घटाउँछु भन्नुहुन्छ, राजस्व बढाउँछु भन्नुहुन्छ, तर हाम्रो सबैभन्दा ठूलो राजस्व नै आयातबाट छ ।” बजेटबारे छलफल जारी रहेको छ । रासस