२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

भार्सेली थाप्ले सम्पर्क समाजद्वारा आगलागी प्रभावितलाई राहत वितरण

मंगलवार , जेठ १७, २०७९

भैरहवा, १७ जेठ ।
भार्सेली थाप्ले सम्पर्क समाज बुटवल रुपन्देहीले गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ८ स्थित भार्से त्रिवेणीमा आगलागी प्रभावितलाई राहत वितरण गरेको छ । समाजले सत्यवती–८ निवासी आगलागी प्रभावित नावेद रानालाई नगद, खाद्यान्न लगायत अत्यावश्यक सामग्री हस्तान्तरण गरेको हो । गत जेठ ४ गते रानाको घर आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको थियो ।

समाजका निवर्तमान उपाध्यक्ष खेमकाला थापा, सि.ए. प्रेम भुर्तेल र युवा व्यवसायी विनय गैरे तथा सत्यवती गाउँपालिका–८ का वडाअध्यक्ष प्रमुख आतिथ्यतामा राहत वितरण गरिएको समाजले जनाएको छ । 

284588591_1991959474344686_84771015615001495_n.jpg

देश तथा विदेशमा रहेका दाताहरुसँग नगद तथा जिन्सी संकलन गरी समाजका सल्लाहकार तथा आर्थिक संयोजक सुन्दर गलामीको संयोजकत्वमा राहत वितरण गरिएको हो ।