
आइतवार , कार्तिक ३०, २०७७
भैरहवा, ३० कार्तिक ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ प्रदीपनगरमा क्रियाशिल नवएकता युवा क्लबको सक्रियतामा वडा नम्बर ११ गणेशनगर (मैनाबगर) का दिलिप गुरुङको लागि घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।
गत वर्ष स्थानीय सुखौरा खोलामा आएको बाढीले उनको घर बगाएको थियो । बाढीले घर बगाएपछि उनी घरविहीन भएका थिए ।
क्लबको सक्रियता र स्वदेश तथा विदेशमा रहेका विभिन्न परोपकारी, सहयोगी नेपालीहरुबाट जुटेको आर्थिक सहयोगमा उक्त घर निर्माण गरिएको हो । लक्ष्मी पूजाको अवसर पारेर घर हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष देशराज गुरुङले घर निर्माण गरिदिनु पर्नुको कारण प्रष्टाउँदा कार्यक्रमका सहभागीहरु निकै भावुक बनेका थिए ।
हस्तान्तरण कार्यक्रमा बोल्दै समाजसेवी ऋषि काफ्लेले पानीको धारा जडान गर्ने प्रतिबद्धता गरेका छन् । त्यसै गरी कार्यक्रममा कमलकान्त गौतम, बाबुराम खरेल, भिम बहादुर गुरुङ, टोप बहादुर केसी, धन बहादुर थापा, अर्जुन घिमिरे रआशिष गुरुङले जनही पाँच पाँच हजार सहयोग गर्ने घोषणा समेत गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij