
शनिवार , कार्तिक २९, २०७७
भैरहवा, २९ कार्तिक ।
नेपाल ट्रेड युनियन कांग्रेस सिद्धार्थनगर नगर समिति, रुपन्देहीको आयोजनामा भैरहवामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । सिद्धार्थनगर–१३ स्थित कांग्रेस रुपन्देही जिल्ला पार्टी कार्यालय (गणेशमान स्मृति भवन) मा भएको कार्यक्रममा ३० जनाले रक्तदान गरेको ट्रेड युनियन कांग्रेस सिद्धार्थनगरका सदस्य तथा कार्यक्रम संयोजक जीवन खत्री क्षेत्रीले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले कोरोना महामारीको समयमा रक्तदानको महत्व झन बढेको बताए ।
ट्रेड युनियन कांग्रेस सिद्धार्थनगरका सभापति राम बहादुर गुरुङको सभापतित्व तथा सचिव संगम न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा ट्रेड युनियन कांग्रेस रुपन्देहीका कार्यवाहक अध्यक्ष ओम प्रकाश चौधरी, कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति मातृका प्रसाद यादव, क्षेत्र नम्बर ३ (१) का सभापति पुरन प्रसाद श्रेष्ठ, महासमिति सदस्य गोपालराज भण्डारी, तरुण दल रुपन्देहीका अध्यक्ष तथा महासमिति सदस्य सोम बहादुर गुरुङको उपस्थिति रहेको थियो ।
कार्यक्रममा रक्तदाताहरुलाई प्रमुख अतिथि रज्जाक तथा कांग्रेस रुपन्देहीका कोषाध्यक्ष एवं नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका उपाध्यक्ष दिपक क्षेत्री न्यौपानेले प्रमाणपत्र वितरण गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij