
आइतवार , जेठ १५, २०७९
काठमाडौँ। सरकारले आगामी आर्थिक बर्षका लागि स्वास्थ्य मन्त्रालयका लागि रु ६७ अर्व ३८ करोड बजेट बिनियोजन गरेको छ ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड र स्वास्थ्यका लागि प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
स्वास्थ्य बिमा कार्यक्रम ७ अर्व ५० करोड छुट्टाइएको जानकारी दिए । त्यस्तै सरकारले विपन्नलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए ।
एक चिकित्सक एक अस्पताल कार्यक्रम सञ्चालन गरिने, केन्द्र र प्रदेशका २० अस्पतालमा ज्येष्ठ नागरिक वार्ड स्थापना गरिने उनले बताए । त्यस्तै मानव विकास सूचकांकमा पछि रहेका २५ जिल्लाका सुत्केरीलाई एकमुष्ट ५ हजार रुपैयाँ दिइने सरकारले जनाएको छ ।
सबै प्रादेशिक अस्पतालमा मिर्गौला डायलासिस सेवा दिइने र त्यसका लागि डाइलासिस मेसिन खरिद गरिने अर्थमन्त्री शर्माले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij