
आइतवार , जेठ १५, २०७९
काठमाडौँ। सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड रुपैया विनियोजन गरेको छ ।
आइतबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शमाले उद्योग वाणिज्य तथा आपूर्तिका लागि उक्त बजेट बिनियोजन भएको जानकारी दिएका हुन् । बजेट मार्फत सरकारले विदेशी लगानीको न्युनतम सीमा पुनरावलोकन गरी रु २ करोड रुपैयाँ कायम गरिएको छ भने उत्पादनमूलक र निर्यातजन्य उद्योगमा वैदेशिक लगानी र गैर आवासीय नेपालीको लगानी भित्र्याइने अर्थमन्त्री शर्माले बताए ।
त्यस्तै उनले औद्योगिक पूर्वाधार तयार गर्न ३ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । उनले ठूला तथा मझौला उद्योगले स्टार्ट अपलाई सहयोग गर्ने व्यवस्था मिलाइने र मासिक १० करोड विद्युत खपत गर्ने उद्योगलाई २ देखि १० प्रतिशतसम्म सहुलियत दिइने बताए ।
त्यस्तै अर्थमन्त्री शर्माले एलपी ग्यासमा दिएको अनुदान पुनरावलोकन गरिने र चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने जानकारी दिए । उद्योगले हदबन्दी भन्दा बढी जग्गा धितो राखी कर्जा लिन पाउने व्यवस्था गर्ने पनि उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij