२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट बिनियोजन

आइतवार , जेठ १५, २०७९

काठमाडौँ। सरकारले कृषि तथा पशु विकास मन्त्रालयका लागि रु ५५ अर्ब ९७ करोड बिनियोजन गरेको छ । 

आइतबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शमाले कृषि तथा पशु विकासका लागि रु ५५ अर्ब ९७ करोड बिनियोजन गरिएको जानकारी दिनुभयो ।

उनले धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने बताए। त्यस्तै बाँझो र उपयोगविहीन कृषक सहकारीलाई लिजमा उपलब्ध गराइने, सबै वडामा कृषि प्राविधिकको व्यवस्था , न्युनतम समर्थन मूल्य तोकेर कृषि उपज सरकारले खरिद गरिदिने उनले बताए । त्यस्तै  किसानलाई सरल र सहज रुपमा बीउ मल र प्रविधिका साथै सहुलियत कर्जा रकृषि विमा विस्तार गरिने मन्त्री शर्माले बताउनुभयो । उहाले किसान पेन्सन योजनाको बीउ पुँजीका लागि १ अर्ब विनियोजन गरिएको जानकारी दिए ।

उनले नगदे बाली खेती गर्न किसानलाई प्रोत्सहन गरिने बताउनुभयो । त्यस्तै उहाले कृषि रुपान्तरणमा काम गर्ने स्थानीय तहलाई थप पाँच करोड अनुदान दिने पनि बताए ।