images

आइतवार, बैशाख ३० गते २०८१

विश्व शान्तिका लागि ‘मेरो योगदान’ अभियान सुरु

विश्व शान्तिका लागि ‘मेरो योगदान’ अभियान सुरु

images
images
images
शनिवार, कार्तिक २९ २०७७
शनिवार, कार्तिक २९ २०७७
  • विश्व शान्तिका लागि ‘मेरो योगदान’ अभियान सुरु

    भैरहवा, २९ कार्तिक ।
    शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्ति अभियानको केन्द्रको रुपमा विकास गर्न एक रुपैयाँ दान अभियान सुरु भएको छ । दक्षिण एशियाली सहयोग संगठन (सार्क)का महासचिव एसाला रुवान विराकुनले शनिबार महासिद्ध स्यानचुरी फर वल्र्ड पिस निर्माणको लागि एक रुपैयाँ दान अभियानको औपचारिक शुभारम्भ गरेका छन् । सो अवसरमा महासचिव विराकुनकी श्रीमती म्याडम क्रिसान्तिले सांकेतिक रुपमा एक डलर दान गरेकी छन् ।

    images
    images
    images

    नेपालमा एक रुपैयाँ र अन्यत्र एक डलर दान अभियान गौतमबुद्धको जन्मभुमिलाई विश्व शान्तिको केन्द्र बनाउन मेरो पनि सहभागिता र योगदान छ भन्ने भावना संसारभर फैलाउन चलाइने अभियान हो ।

    यो अभियानमार्फत प्राप्त हुने योगदान लुम्बिनीमा बनाइँदै गरेको महासिद्ध स्यानचुरी फर युनिभर्सल पिसको निर्माण र विकासमा लगाइनेछ । 

    पिस स्यानचुरी लुम्बिनीमा बन्दै गरेको विश्वस्तरीय (वल्र्ड क्लास) दुई हजार बढी सहभागि अटाउने सभा तथा सम्मेलन कक्षहरु, बुद्ध शान्ति पुस्तकालय र संग्रहालय, ध्यान कक्षहरु, बुद्ध विहार, गुम्बा सम्मिलित अत्याधुनिक केन्द्र हुनेछ ।

    आगामी ३ वर्षभित्रै निर्माण सम्पन्न हुने गरी काम भइरहेको र केन्द्रको निर्माण पछि विश्वका विभिन्न ठाउँमा भइरहेका र हुने द्वन्द्व समाधानका लागि वार्ता गर्ने थलो लुम्बिनी बनोस् भन्ने प्रयास गरिने केन्द्रका परिकल्पनाकार स्यालपा रिन्पोचेले बताए ।

    पिस स्यानचुरी बनाउन चीन, जापान, कोरिया, मलेसिया लगायत विभिन्न देशका दानी तथा धनाध्यहरुले एक्लै दान गर्न चाहना राखेको भए पनि यसको निर्माणमा नेपाल र विश्वका हजारौं श्रद्धालुहरुको व्यापक सहभागिता र अपनत्व रहोस् भनेर एक रुपैयाँ वा एक डलर अभियान सुरु गरिएको रिन्पोचेले बताए ।

    IMG20201114161450.jpgलुम्बिनी अहिलेसम्म गौतमबुद्धको पावन जन्मभुमिको रुपमा परिचित भए पनि आगामी दिनमा यो भुमिलाई साँचो अर्थमा शान्तिको मुहान/केन्द्रका रुपमा समेत परिचित गराउन सबै मिलेर काम गर्न आवश्यक रहेकोमा रिन्पोचेले जोड दिए ।


    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij