
शनिवार , कार्तिक २९, २०७७
बुटवल, २९ कात्तिक ।
रोटरी क्लब अफ बुटवलको १३ सय ३८ औं नियमित बैठक तथा तेस्रो क्लब एसेम्बली सम्पन्न भएको छ । कोभिड–१९ को संक्रमणका कारण सुरक्षा अपनाउँदै शनिबार क्लबको तेस्रो क्लब एसेम्बली भर्चुअल रुपमा सम्पन्न भएको हो ।
कार्यक्रममा क्लबका पाच जना चेयरपर्सनहरुले प्रगति विवरण पेश गरेका थिए । क्लव एडमिनिष्ट्रेसन कमिटीका चेअर दया भण्डारीले क्लवले गरेका काम र गर्नुपर्ने काम, विभिन्न कमिटीका बैठकको बारेमा जानकारी गराएका थिए ।
मेम्बरसिप कमिटीका चेयर लेखनाथ भुसालको तर्फबाट सचिव रोम शर्माले प्रतिवेदन प्रस्तुत गर्दै यो वर्ष ११ जना नयाँ सदस्यहरुलाई इन्डक्सन गराइएको बताए । सर्भिस कमिटी चेयर मधुप्रसाद अर्यालले कोभिड–१९ को समस्याका बाबजुत पनि थुप्रै कार्यक्रम अगाडि बढाइएको भन्दै अनगोइङ प्रोजेक्टका रुपमा लुम्बिनी प्रादेशिक अस्पतालमा क्यान्सर स्क्रिनिङ सेन्टर, आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट, शंकरनगर वनवाटिकामा ई–लर्निङ एण्ड साइन्स थिएटर र ब्लड मोवाइल कलेक्सन भ्यानको काम अघि बढेको जानकारी दिए ।
कार्यक्रममा पब्लिक रिलेशन कमिटीका चेयर करुण खनाल र रोटरी फाउण्डेशन कमिटीका चेयर प्रज्वल थान्जुले पनि आफनो क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी दिए । कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का २०२०/०२१ का एसिष्टेन्ट गभर्नर एवं क्लबका एसाइन एजी खिमानन्द भुसालले डिजि भिजट भन्दा अगाडि गर्न सकिने कामलाई सम्पन्न गर्न र डिजि भिजिटको तयारी गर्न सुझाव दिए ।
उनले प्रोजेक्टका कार्यक्रम बनाएर सन्चार माध्यममा प्रकाशन प्रसारण गर्न सके प्रभावकारिता अझ बढ्ने र सामाजिक क्षेत्रमा राम्रो सन्देश प्रवाह हुने बताए ।
क्लबका अध्यक्ष सुनिल श्रेष्ठले डिसेम्बर १ मा आयोजना हुन लागेको चार्टड नाइट र डिजिट भिजिट कार्यक्रमका बारेमा जानकारी गराउँदै यसका लागि तयारीका कामहरु अघि बढाइएको बताए ।
त्यस अवसरमा प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष डा. मनोहर जोशी, मणिरत्न पाण्डे लगायतले पनि आफ्ना धारणा राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij