
शनिवार , कार्तिक २९, २०७७
बुटवल, २९ कार्तिक ।
रोटरी क्लब अफ बुटवल चौतारीले नेपाल पत्रकार महासंघ रुपन्देही शाखालाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । शनिबार क्लबको ५५ औ नियमित बैठकमा क्लबका अध्यक्ष थानेश्वर पाण्डेले महासंघका उपाध्यक्ष दिनेश पाण्डेलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन । संघमा आवद्ध पत्रकारका लागि २५ लिटर सेनिटाईजर र २ हजार थान मेडिकल मास्क वितरण गरेको हो ।
क्लबका अध्यक्ष थानेश्वर पाण्डेले कोभिड–१९ को संक्रमणका बेला फिल्डमा खटिएका पत्रकारहरुलाई सहयोग गरिएको बताए । क्लबबाट यो वर्ष नियमित रक्तदान कार्यक्रमका साथै कोभिड १९ का महामारीलाई मध्येनजर गर्दै मानव सेवा आश्रम, नेपाल अपाङ आश्रम, इलाका प्रहरी कार्यालय मंगलापुरलाई स्वस्थ सुरक्षा सामग्री, खाद्यान्न सामग्री, दुई वटा विद्यालयलाई मिडास ई–क्लासका लागि ४३ इञ्चको टेलिभिजन सेट समेत वितरण गरिएको उनले बताए ।
दाँतको उपचारका लागि यस क्षेत्रमा सुविधायुक्त डेन्टल अस्पताल स्थापनाका लागि समेत पहल अघि बढेको उनले बताए । महासंघका उपाध्यक्ष पाण्डेले क्लबको सहयोगप्रति आभार व्यक्त गर्दै फिल्डमा खटिएका पत्रकाहरुलाई स्वास्थ्य सामग्री वितरण गर्ने बताए ।
संघ–संस्थाहरुको सहकार्यबाट योजना बनाएर अघि बढे यस क्षेत्रमा धेरै सामाजिक सुधार गर्न सकिने समेत उनको सुझाव छ । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष विष्णु घिमिरे, सचिव अर्जुन ढकाल, मेम्बरसीप चेयर जीवन बुढाथोकी, महासंघका कोषाध्यक्ष स्वस्तिक श्रेष्ठले सामाजिक दायित्व बोकेका संघहरुका बीचमा एकता जरुरी रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij