२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

स्वास्थ्य सुरक्षा अपनाउँदै सुविधासम्पन्न बस सञ्चालन

शनिवार , कार्तिक २९, २०७७

भैरहवा, २९ कार्तिक ।
कोरोना भाइरस संक्रमणको समयमा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि. भैरहवाले अत्याधुनिक सुविधासम्पन्न बस सेवा सञ्चालन गरेको छ ।

प्रा.लि.का अध्यक्ष सञ्जिव रोक्काले भने, ‘बसमा यात्रा गर्ने यात्रुलाई फेस शिल्ड, गलोब्स, मास्क, सेनेटाइजर र नास्ता दिने गरिन्छ । बसको सिट पनि सामाजिक दुरी कायम गरेर तयार गरिएको छ ।’

लुम्बिनी भैरहवा बुटवल हुँदै काठमाण्डौंसम्म पहिलो पटक कोभिड–१९ लाई मध्यनजर गर्दै ३० सिटको ४ वटा बस सञ्चालनमा ल्याइएको रोक्काले बताए । टाटा कम्पनीको बसमा ४० सिट क्षमता भए पनि कोरोनाको जोखिमलाई ध्यानमा राख्दै ३० सिटको लक्जरियस बस सञ्चालन गरिएको छ । ‘उक्त बस महिलामैत्री समेत छ, जसमा १० सिट छुट्टै राखिएको छ’ रोक्काले भने । भाडादर १ हजार तोकिएको सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि.का सल्लाहकार मनिष कुमार जोशीले बताए ।

लुम्बिनीदेखि सांझ ७ बजे, भैरहवाबाट रातीको ८ बजे र बुटवलबाट रातीको पौने ९ बजे छुट्ने गरी बसको तालिका तयार गरिएको छ । काठमाडौंबाट सांझको ७ बजेदेखि गाडी छुट्नेछन् ।

यातायात व्यवसायी सञ्जिव रोक्का र विगत लामो समयदेखि बस व्यवसाय गर्ने जनक भट्टराईले नेतृत्व लिएर सञ्चालन गरेको बसको सिट हवाजहाजको जस्तै रहेको लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाईले बताए । स्वास्थ्य सुरक्षासहितको बस सेवाको शुभारम्भ गर्दै अध्यक्ष पछाईले भने, ‘ यस क्षेत्रमा अहिलेसम्म सञ्चालनमा रहेका बसहरुमध्ये सबैभन्दा सुविधासम्पन्न बस देखिएका छन् । “ 

IMG_7320.JPGसिद्धार्थ सार्वजनिक यातायात प्रा.लि.का ५ सय भन्दा बढी गाडी सञ्चालनमा छन् । एउटा बस एक करोड लागतमा तयार भएको प्रा.लि.ले जनाएको छ ।

कोरोना डरको कारण महंगो भाडा तिरेर जहाजको यात्रा गर्न बाध्य भएका यात्रुलाई उक्त बसले ठुलो टेवा दिने देखिएको छ ।