२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अशोक शंकरको राजीनामा माग

बिधान बिपरित शाखामा हस्तक्षेप र आर्थिक अनियमितता गरेको आरोप 

शुक्रवार , श्रावण ९, २०७७

भैरहवा ९ साउन। 
नेपाल जेसीज वर्ष २०२०का राष्ट्रिय उपाध्यक्ष तथा सिद्धार्थ जेसीजका निर्वतमान अध्यक्ष सिनेटर राकेश गुरुङले राष्ट्रिय अध्यक्ष अशोक शंकर र सचिवालयको राजीनामा माग गरेका छन् । नेपाल जेसिजले आफ्नो बिधान बिपरित जेसीआई सिद्धार्थ नेपालमा अध्यक्ष मनोनित गरेर बिबाद सृजना गरेको भन्दै अध्यक्षको राजीनामा माग गरेका हुन् । उपाध्यक्ष गुरुङले जेसिआई सिद्धार्थका बिषयमा गरेको निर्णयको पुर्नविचार गर्न माग गरेका छन् । 

नेपाल जेसीजको नेतृत्वले जेसीआई सिद्धार्थका निर्वाचित अध्यक्ष मंगल भण्डारीको उमेरहदका कारण देखाउदै विधानविपरीत भुवन राणालाई अध्यक्षको रुपमा घोषणा गरेपछि अध्यक्षको राजीनामा माग गरेको उपाध्यक्ष गुरुङले उल्लेख गरे ।
निवर्तमान अध्यक्ष गुरुङले नेपाल जेसीजका अध्यक्ष अशोक शंकरले गरेको निर्णय अवैधानिक लगायतका आरोप लगाउँदै राजीनामा माग गरेका छन ।

JCI National President Ashok Shankar.jpg

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अशोक शंकर।

नेपाल जेसीज वर्ष २०२० सचिवालयले गरेको निर्णयप्रति ३० जुन, २०२० मा प्राप्त पत्रप्रति खेद प्रकट गरिएको राजीनामामा उल्लेख छ । नेपाल जेसिजको अध्यक्ष÷सञ्चालक समिति वा सचिवालयको अधिकार भन्ने विषय अन्तर्गत जेसीआई सिद्धार्थलाई प्राप्त पत्रमा कुनै पनि शाखा अध्यक्षहरु मनोनित÷टिकेप्रथाबाट नहुने, शाखा साधारणसभा÷अधिवेशनमा शाखाकै सदस्यहरुबाट चयन हुने, नेपाल जेसिजले शाखाको निर्वाचन सम्बन्धमा कुनै पनि किसिमको हस्तक्षेप गर्न नसक्ने र सो सम्बन्धमा केवल सल्लाह मात्र दिन सक्ने भनेर विधानमा स्पष्ट भएकोले विधानविपरीत शाखामा हस्तक्षेप गर्ने अध्यक्षलाई सो पदमा बस्न शोभा नदिने भएकोले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरिएको निर्वमान अध्यक्ष तथा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष राकेश गुरुङले बताए ।

rakesh gurung.jpg

नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष राकेश गुरुङ। 

जेसीआई सिद्धार्थले उठाएको मागलाई वेवास्ता गरिए त्यसबाट श्रृजित हुने परिस्थितिप्रति नेपाल जेसीज नै जिम्मेवार हुनुपर्ने राजीनामा पत्रमा उल्लेख छ ।

नेपाल जेसीज सम्बन्धित निकायमा नविकरण हुन नसकेको, सम्पत्ति व्यवस्थापन तथा संरक्षण समिति (पीएमसीसी) मार्फत गरिएको करोडौको आर्थिक अनियमितता गरेको, लामो समयदेखिको घरबहाल कर नतिरेको, पीएमसीसी कोठाको लागि २८ लाख मार्बल तथा ६ लाखको वायरिङको भित्री पाटो, नेपाल जेसीजको ठूलो रकम बेरुजु देखिनु, सदस्य नभएका व्यक्तिलाई राष्ट्रिय पदाधिकारी नियुक्त गर्ने तथा समयमा वक्यौता नपठाई जेसीजलाई अन्तर्राष्ट्रिय रुपमा नै गैरआर्थिक (नन–फाइनान्सियल) बनाइएको राजीनामा पत्रमा उल्लेख छ ।