२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

इन्धनको मूल्यवृद्धि फिर्ता लिन तिलोत्तमा चेम्बरको माग

मंगलवार , जेठ १०, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • तिलोत्तमा, १० जेठ ।
    तिलोत्तमा चेम्बर अफ कमर्शले पटकपटक भएको इन्धनको मूल्यवृद्धिले उद्योगी व्यवसायी एवं आम नागरिकमा असर परेको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । चेम्बरले एक विज्ञप्ती प्रकाशित गर्दै मूल्यवृद्धिको असर आर्थिक क्षेत्रमा देखिन थालेको र यसले आम नागरिकको ढाड सेक्ने काम गरेको भन्दै मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको हो ।

    संस्थाका अध्यक्ष बाबुलाल भुसालद्वारा जारी विज्ञप्तीमा पटकपटक पेट्रोल, डिजेल र मट्टीतेलका साथै खाना पकाउने ग्यासमा समेत मूल्यवृद्धि गरेर आम नागरिकको ढाड सेक्ने काम भएको, तरलताको अभाव देखाउँदै बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको समेत ब्याजदर बढाएको उल्लेख छ ।

    आयातमा अनिवार्य एलसी खोल्नुपर्ने व्यवस्थाको अन्त्य गरी आयात निर्यातलाई चलायमान गराउनुपर्ने, दैनिक उपभोग्य वस्तुको समेत दिनानुदिन मूल्यवृद्धि हुनुले निम्न वर्गका नागरिकलाई छाक टार्न समस्या भएको, सरकारले महिला उद्यमीहरुलाई सहुलियत कर्जा दिने भने पनि व्यवसायीहरुलाई माग अनुसारको कर्जा उपलब्ध नगराएको भन्दै विज्ञप्तीमा कर नीति एवं भन्सार नीतिमा परिमार्जन गरी बढ्दो महंगीलाई न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । 

    CamScanner 05-23-2022 18.10 (1).jpg