२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

नबिल बैंकद्धारा बीमा रकम हस्तान्तरण 

बिहिवार , कार्तिक २७, २०७७

बुटवल, २७ कार्तिक । 
वित्तीय क्षेत्रमा आर्थिक गतिविधि संचालनका हिसावले नेपालकै उत्कृष्ट बन्न सफल नबिल बैंक लिमिटेडले दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ । अर्घाखाँची स्थायी घर भइ बुटवल उपमहानगरपालिका वडा नम्बर ४ निवासी प्रेमनारायण खनालको दुर्घटनाबाट निधन भएको र स्व. खनालका परिवारलाई बैंकका तर्फबाट १० लाख रुपैयाँ बीमा रकम हस्तान्तरण गरिएको हो । 

बैंकबाट संचालित बचत खातामा न्यूनतम ५ हजार हरेक मसान्तमा कायम राख्ने ग्राहकलाई निजको दुर्घटनाबाट निधन भएमा १० लाख बीमा रकम उपलब्ध गराउने कार्यक्रम अन्तर्गत स्व. खनालका परिवारलाई रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । नबिल बैंकका बुटवल शाखा प्रबन्धक सन्तोष पाण्डेका अनुसार स्व. खनालकी धर्मपत्नी भागवता खनाल र छोरालाई उक्त रकम उपलब्ध गराइएको हो । 

सो अवसरमा बोल्दै प्रबन्धक पाण्डेले ग्राहकहरुको हितलाई ध्यानमा राखेर विभिन्न आकर्षक कार्यक्रमहरु संचालन गरिएको र बैंकका ग्राहकको निधनपछि परिवारलाई राहत होस् भनी १० लाख रुपैयाँसम्मको बीमा गरिएको बताए । हरेक महिनाको अन्त्यसम्म न्यूनतम बचत रकम ५ हजार मात्र रहेका ग्राहकका लागि यो योजना संचालन गरिएको प्रबन्धक पाण्डेले बताए ।