
बुधवार , कार्तिक २६, २०७७
बुटवल, २६ कार्तिक ।
नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवल १२ को चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुटवल–१२ नयाँगाउँमा भएको साधारणसभा ३ दिनसम्म संचालन भएको थियोे ।
साधारणसभाले अध्यक्ष रमा केसीको प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा बोल्दै बुटवल उपममहानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष दुर्गा सुबेदीले खानेपानीको संसारभर महत्व दिनप्रतिदिन बढ्दै गएको भन्दै मुहान संरक्षण र खानेपानी आयोजनाको स्तरवृद्धि जरुरी रहेको बताए । नयाँगाउँ खानेपानीले सो क्षेत्रमा सहज ढंगल शुद्ध पिउने पानी वितरण गरिरहेको अध्यक्ष केसीको भनाइ छ । यसलाइ अझै क्षमतावृद्धि गरी आम उपभोक्ताको हितका लागि काम गर्ने उनको प्रतिबद्धता रहेको थियो ।
कार्यक्रममा बुटवल १३ का जनप्रतिनिधि बेदप्रसाद गैरे, खानेपानीका मानार्थ सदस्य तथा निवर्तमान अध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्य, पूर्व अध्यक्ष सावित्रा रेग्मी, मिलन पार्क अध्यक्ष दुर्गा पाण्डे, पूर्व सल्लाहकार यज्ञमूर्ति भण्डारी ,खानेपानीका उपाध्यक्ष मिना जिसि, सचिव ओमप्रसाद भट्टराई, कोषाध्यक्ष लालबहादुर गुरुङ, सह–सचिव तिल बहादुर साहानी, सल्लाहकारहरु पुरुषोतम बस्याल, घनलाल बस्याल, शोभाखर पोखरेल, धर्मराज शर्मा, जिवलाल पन्थी लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij