
बुधवार , जेठ ४, २०७९
बुटवल(पाल्पाको तानसेन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ विजयी भएका छन्।
गठबन्धनका उम्मेदवार श्रेष्ठले ११ हजार २७३ मत प्राप्त गरी विजयी भएका हुन्। श्रेष्ठका प्रतिस्पर्धी नेकपा (एमाले) पाल्पाका अध्यक्षसमेत रहेका धनेन्द्रराज घिमिरेले १० हजार ३९४ मत प्राप्त गरे।
उपप्रमुखमा नेकपा ९माओवादी केन्द्र०की प्रतीक्षा सिञ्जालीले ११ हजार १५१ मतसहित निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी एमालेकी शशि श्रेष्ठले १० हजार ३७२ मत पाइन्।
१४ वटा वडा रहेको तानसेनमा वडा नं १, २, ३, ४, ५, ६, ७, ११ र १२ नेपाली कांग्रेस र ८, ९, १० र १४ मा नेकपा एमाले विजयी भएको छ भने वडा नं १३ मा माओवादी केन्द्र विजयी भएको छ।
अघिल्लो निर्वाचनमा एमालेका प्रमुख र उपप्रमुख निर्वाचित भएका थिए। ३३ हजार ७६९ मतदाता रहेको तानसेनमा २३ हजार २५३ मत खसेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij