 
                            
                         
                        आइतवार , जेठ १, २०७९
 
                                                                            नेपालगञ्ज, १ जेठ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा कांग्रेस–जसपा गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्टले दुई हजार १४० मतले अग्रता कायम गरेका छन् ।
राप्रपाका नन्दलाल बैश्यले एक हजार ३३ र नेकपा एमालेका पशुपतिदयाल मिश्रले ९६८ मत पाएका छन् । 
उपप्रमुखमा जसपाका कमरुद्दिन राईले  एक हजार ४४२, राप्रपाकी विन्दु चर्तीमगरले  एक हजार ८४ र नेकपा एमालेकी शान्तिदेवी ढकालले ८८४ मत प्राप्त गरेका छन् ।
वडा नं २२ र २३ को मतगणना सकिएको छ । अहिले १, २, २० र २१ को मतगणना चलिरहेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपालगञ्जमा रहेका ८१ हजार ७९४ मतदातामध्ये ६१ हजार २०५ मत खसेको थियो ।
मतगणना ढिलो भएको गुनासो आएपछि अहिले चार स्थानमा मतगणना सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिए । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij
