
प्रक्रियामै छौं, विरोध गर्नुको कुनै औचित्य छैन् : उपमहानगर
मंगलवार , कार्तिक २५, २०७७
बुटवल, २५ कार्तिक ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले हाटबजारस्थित आफ्नो व्यवसायिक भवनका सटरहरु टेण्डर प्रक्रियाद्धारा भाडामा लगाउने उद्देश्यले गत असोज २३ गते सुचना प्रकाशित ग¥यो । कार्तिक २३ गतेसम्म फारम वितरण गर्ने, २४ गते १२ बजेसम्म फारम जम्मा गर्ने, २ बजे टेण्डर खोल्ने भन्ने एकमहिने सूचनाका आधारमा धेरै व्यवसायीले टेण्डर फारम भरेर बुझाए । उपमहानगरले भाडामा लगाउने भनी तोकेका जम्मा ८६ वटा सटरका लागि ३ सय ४१ वटा टेण्डर प¥यो ।
कार्तिक २४ गते दुईबजे पूर्वनिर्धारित समय अनुसार व्यवसायीहरु उपमहानगर कार्यालय पुग्दा गज्जबको दृश्य देखिएको कुरा व्यवसायीहरु बताउँछन् । १२ बजे बन्द हुनुपर्ने टेण्डर फारम दर्ता गर्ने प्रक्रिया २ बजेसम्म पनि चलिरहेको थियो । २ बजे टेण्डर खोल्ने प्रक्रियामा जानुपर्नेमा झन वरिष्ठ अधिकृत बिष्णु खनालको नेतृत्वमा ३ बजेसम्म नै टेण्डर फारम दर्ता गर्ने क्रम चलिरहेपछि व्यवसायीहरु आक्रोशित बने । त्यसपछि उनीहरुले विरोध गरे, नाराबाजी गरे, चिच्याए, हल्ला गरे ।
अनि उता नगर प्रहरीलाई वरिष्ठ अधिकृत खनालद्धारा दिइएको आदेश बमोजिम ती व्यवसायीहरुमाथि दमन गर्दै लाठी बर्साउँदै तर्साउदै धकेलेर गेट बाहिर पु¥याइयो । नगर प्रहरीद्धारा गरिएको सो दमन र लाठी चार्जमा केही व्यवसायीहरु घाइते भएको बताइएको छ । लगत्तै नेपाल प्रहरीको टोली पनि आइपुग्यो र सबैलाई गेट बाहिरै रोकेर राखियो । अनि भित्र धमाधम आफ्नो उद्देश्य अनुरुपको काम तमाम गरियो । हामी अन्यायमा परियो, प्रक्रिया मिचेर उपमहानगरले व्यवसायीहरुकोविरुद्धमा र बिचौलियाको पक्षमा काम ग¥यो, यसको हामी विरोध गर्छौं । यी भनाइहरु तीनै व्यवसायीहरुका हुन जो वर्षौंदेखि उक्त स्थानमा व्यवसाय गर्दै आफ्नो गुजारा गर्दै आएका थिए ।
कोरोना महामारीका कारण थलिएको उद्योग व्यवसाय क्षेत्रको असर यहाँ पनि नपरेको होइन । तसर्थ उद्योगी व्यवसायीहरुले कोरोना कहरका कारण थला परेको व्यवसाय क्षेत्रलाई उकास्न भन्दै उपमहानगरपालिकासंग कम्तिमा एक वर्षका लागि समयअवधी थप गर्न माग गर्दै आएका थिए । यसैपछि धरासायी बनेको व्यापार व्यवसाय क्षेत्रमा यसरी अनायास व्यवसायीलाई विस्थापित गरी बिचौलिया पद्दतिलाई प्रश्रय दिने उद्देश्यले गरिएको चलखेलविरुद्ध संघर्ष चर्काउने उनीहरुको योजना रहेको छ ।
उपमहानगरको यो गलत कदमको विरुद्धमा चरणबद्ध आन्दोलन गर्न ७ सदस्यीय संघर्ष समिति गठन गरिएको र समितिको बैठकले आगामी आन्दोलनका कार्यक्रम तय गर्ने उक्त संघर्ष समितिका अध्यक्ष खुमानन्द खनालले बताए । हामीले प्रक्रियाको विरोध गरेका होइनौं, त्यसभित्रको चलखेलको विरोध गरेका हौं, व्यवसायीमाथि भएको दमन र लाठी चार्जको विरोध गरेका हौं–खनालले भने ।
उ
ता उपमहानगरपालिकाले यही कार्तिक मसान्तसम्म मात्र सम्झौता बमोजिमको समय रहेकोले नयाँ सम्झौता गर्न टेण्डर आव्हान गरिएको बताएको छ । प्रक्रिया बमोजिम नै टेण्डर खोलिएको र व्यवसायीहरुले अनावश्यक विरोध गरेको आरोप वरिष्ठ अधिकृत खनालले लगाए । अधिकृत खनालले भने–हामी प्रक्रियामै छौं, विरोध गर्नुको कुनै औचित्य छैन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij