
मंगलवार , बैशाख २७, २०७९
भैरहवा २७ बैशाख। गृहमन्त्री बालकृष्ण खाणले प्रतिपक्षी दल नेकपा एमालेले नागरिकता सम्बन्धी बिधेयक संसदबाट पारित हुन नदिए अर्को बाटोबाट गएर भएपनि पारित गर्ने बताएका छन्।
नेकपा एमालेले संसद अबरुद्ध गर्दा नागरिकता सम्बन्धी बिधेयक संसदबाट पारित हुन नसकेको भन्दै थुप्रै युवायुवति नागरिकता नपाएर आफ्नो जिवनबाट निरास बनेको उल्लेख गरे।
नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रले भैरहवामा संयुक्त रुपमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री खाणले कानुन निर्माण गर्नका लागि प्रतिपक्षी दलललाई सहयोग गर्न आग्रह गरे।
उनले भने, कानुन निर्माण गर्नका लागि प्रतिपक्षी दलले सहयोग गर्नुहोस, यदी प्रतिपक्षले साथ दिएन, सदन अबरुद्ध गरिरह्यो भने हामी यो नागरिकता सम्बन्धी बिधेयकलाई अर्को बाटो पनि पास गर्ने छौ।
गृहमन्त्री खांणले गठबन्ध सरकार निर्माण सत्ता प्राप्तीका लागि नभई नेपालमा स्थापित संघिय लोकतान्त्रीक गणतन्त्रको रक्षाका लागि शान्ति प्रक्रियालाई सफलतामा पु¥याउनका लागि स्थापना गरिएको प्रष्ट पारे।
उनले गठबन्धनलाई टिकाई राख्न र केपि ओलीको प्रतिगमनलाई परास्त पार्न तथा मुलुकको परिर्वतनका लागि गठबन्धनका उम्मेदवारलाई निर्धक्क भएर मतदान गर्न समेत आग्रह गरे।
नेपाली कांग्रेसका केन्द्रिय सदस्यसमेत रहनु भएका गृहमन्त्री खाणले नेपालको राजनीतिक इतिहासमा कुनै पनि तानाशाही प्रबृत्तिलाई निर्मुल पार्न पार्न गठबन्धनको आवश्यकता हुने गरेको उल्ल्ेख गरे।
उनले नेपाली नागरिकको मौलिक अधिकारलाइ दमन गर्दै नेपालमा स्थापित मौलिक संस्कृति र मान्यतालाई ओलीले धावा बोल्ने काम गरेको आरोप लगाए।
गठबन्धनको तर्फबाट नगरको प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका इश्तियाक अहमद खानले आफुले जनताको सेवालाई उत्तरदायी र जनमुखि गराउने प्रतिबद्धता व्यक्त गरे। ‘सेवाग्राहीको काममाहुने गरेको ढिलासुस्ती, भ्रष्टाचार, कमिशनतन्त्रको बिरुद्ध मेरो उमेदवारी हो’ खानले भन्नुभयो, ‘मानवताको सेवा नै मेरो मुल मन्त्र हो र मुलधर्म पनि हो। चाहे जुनसुकै धर्म जातीवा सम्प्रदायको होस सवैको समान ढंगले सेवागर्नु मेरो परम दायीत्व हो ।’
गठबनधनको तर्फबाट उपप्रमुखकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कमला थापाले आफुले गर्न सक्ने काम मात्र गर्ने भन्दै जनता सामु बाचा गर्ने बताइन। ‘मैले घर घरमा ग्यासको पाइप ल्याउछु भन्दै भोट मागेकी छैन’ थापाले भने, ‘मेले जे गर्न सक्छु त्यसको मात्रै प्रतिबद्धतापत्रमा उल्लेख गरेकी छु।’ गठबन्धन पक्षधरले निकालेको र्यालीले बिजयीको सन्देश दिइसकेको उनको दावी छ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हकिकुल्लाह खांले गठबन्धन अनुरुपका उमेदवारलाई बिजयी गराउन आफ्नो पार्टीका कार्यकर्ताले रुखमा मतदान गर्नमा कुनै शंका नगर्न भन्दै कांग्रेस कार्यकर्ताले पनि गठबनधनका उमेदवारलाई निर्धक्ककासाथ मतदान गर्न आग्रह गरे।
पाँच बर्ष अघि निर्बाचित भएका दलले के काम गरे ? के कति घोषणापत्र अनुरुपका काम पुरा गरे ? भनेर सोधखोज गर्ने बेला भएको खाँकोे भनाई छ।
कांग्रेसका नेता तथा पुर्व मन्त्री भरत कुमार शाहले राजनीतिमा बिकास निर्माणका कुरा हेरिने तर धर्मको कुरा नहेरिने बताए । ‘तरकारी उब्जाउने र बिक्री गर्ने किसान कुन जातीको हो ? भनेर हेरिदैन’ गवठबन्धन उमेरवार बिरुद्ध केही दलले धर्म र जातीयताको कुरा उठाएर भड्काउन खोजेको आरोप लगाउदै शाहले भने, ‘हामी सवै धर्म र जातीलाई समान व्यवहार गछौं।’ मान्छे कामले ठुलो हुने उनको भनाई छ।
नेपाली कांग्रेसका अर्का नेता बिजय शर्माले गठबन्धन पक्षका सवै उमेदवार क्षमतावान् र समाजसेवी भएकाले अत्याधिक मतले बजयी बनाउन अपील गरे।
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य तीर बहादुर रोक्का (डार्बिन)ले गठबन्धन पक्षधरको शक्ति देखेर विपक्षीहरु अत्तालिन थालेको दावी गरे।
नेपाली काग्रेसका नेता ओम कुमार श्रेष्ठले नेपाली कांग्रेस भित्रको सम्पुर्ण मतभेद अव बन्द भैसकेको र एकताबद्ध भएर अघि बढेको बताए।
नेपाली कांग्रेसका नगरसभापति कोशिश खड्का र मओबादी केन्द्रका नगर अध्यक्ष नारायण बहादुर हमालको संयुक्त सभापतित्वमा सम्मपन्न कार्यक्रमको सचांलन कांग्रेस नगर उपसभापति देवराज न्यौपानेले गरेका थिए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij