
सोमवार , कार्तिक २४, २०७७
भैरहवा, २४ कार्तिक ।
रुपन्देहीमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार नाघेको छ । सोमबार थप ७८ जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ हजार २४ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।
स्वास्थ्य कार्यालयका अनुसार सोमबार बुटवल उपमहानगरपालिकाका १७, सिद्धार्थनगर नगरपालिकाका ११, तिलोत्तमा नगरपालिकाका २१, देवदह नगरपालिकाका ९, शुद्धोधन गाउँपालिकाका ५, सैनामैना नगरपालिकाका ९, गैडहवा गाउँपालिका र ओमसतिया गाउँपालिकाका २/२ तथा सियारी र रोहिणी गाउँपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ३४ महिला र ४४ जना पुरुष छन् ।
जिल्लामा हालसम्म ५ हजार ६ सय १ जना कोरोना संक्रमित निको भएका छन् भने १ हजार ३ सय ४२ जना उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म रुपन्देहीमा ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij