images

मंगलवार, बैशाख ४ गते २०८१

एमालेको सभामा आएका सहभागी भन्छन्–ओलीको मुख र तुच्छ बोली सुनेर एमालेलाई भोट दिन मन लाग्दैन

एमालेको सभामा आएका सहभागी भन्छन्–ओलीको मुख र तुच्छ बोली सुनेर एमालेलाई भोट दिन मन लाग्दैन

images
images
images
आइतवार, बैशाख २५ २०७९
आइतवार, बैशाख २५ २०७९
  • एमालेको सभामा आएका सहभागी भन्छन्–ओलीको मुख र तुच्छ बोली सुनेर एमालेलाई भोट दिन मन लाग्दैन

    बुटवल । बुटवलमा एमालेले ठाउँठाउँबाट गाडीमा ल्याएका सहभागीहरु आक्रोशित भएर फर्किएका छन् । बिहानैदेखि गाउँगाउँबाट अनिवार्य उपस्थित हुन उर्दी जारी गरेर ल्याइएका सहभागीहरु सबैजसो नेताहरुले कांग्रेस र सरकारलाई मात्रै गाली गर्न थालेपछि कार्यक्रमस्थल छाडेर हिडेका हुुन् ।

    images
    images
    images

    बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको मैदानमा भएको सभामा आएका सहभागी र कार्यकर्ताको संख्या थोरैे भएपछि एमालेले सांस्कृतिक कार्यक्रम गरेर थामथुम पार्ने प्रयास गरेपनि अधिकांश कार्यकर्ता आक्रोशित भएर फर्किएका छन् ।

    निर्धारित समयमा कार्यक्रम सुरु नभएपछि मध्यान्नको चर्को घाम खेपेर बसेका केही कार्यकर्ता कार्यक्रम सुरु नहुँदै घर फर्किएका हुन् । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको खेल मैदानमा विहान ११ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम ३ घण्टासम्म पनि सुरु नभएपछि कार्यकर्ता घर फर्किएका हुन् ।

    कार्यक्रममा एमालेको माधव नेपाल पक्षमा लामोसमय रहेका नेता घनश्याम भुसालले भाषण गर्दै गर्दा कार्यकर्ताहरु होहल्ला गर्दै उठेर हिडेका थिए ।

    कांग्रेस र सरकारलाई तथानाम गाली गरेका भुसालको भाषण बनावटी र एकपक्षीय भएकाले कार्यक्रम छाडेर हिडेको कार्यक्रममा सहभागी हुन बुटवल देवीनगरबाट आएका छिरिङ लामाले बताए । 
    ‘माथि आफुहरु मिल्ने अनि हामीमाझ आएर कांग्रेसलाई गाली गर्ने गरेर कसले पत्याउँछ ? उनले प्रश्न गरे–देशमा राजनीतिक संकट आएको एमालेका कारणले पनि त हो नि, केपी ओलीले पार्टी नफुटालेको भए, प्रतिनिधिसभा विघटन नगरेको भए एमालेको यो हालत हुन्थ्यो ?’

    उनीजस्तै धेरै सहभागीहरु कार्यक्रममा आउन उर्दी जारी गरिएको र नगए पछि हिसाबकिताब हुने बताइएकाले बाध्य भएर आएको बताए ।

    एकजना एमालेका टोलका मान्छेले भनिदिएर स्कुल भर्ना गरेको बताउने अर्का सहभागी धनिराम थारुले पनि असन्तुष्टि व्यक्त गर्दै भने–‘हामीलाई यसरी ल्याएर यहाँ घाममा राखेर चुनाब जित्ने दाउ बनाएका छन्, एमालेका नेताले पैसा खाएर पैसावाल मान्छे चुनाबमा उठाएको छ भन्ने सुनेको थिएँ, को रहेछ भनेर हेर्न आएको थिएँ, यहाँको हालत देखेर भोट नदिने विचार गरेर घर हिडेको अब ।’ 
    कार्यक्रममा आउनेहरु सभास्थल छाडेर हिड्न थालेपछि कलाकारलाई बोलाएर थामथुम पार्ने प्रयास गरेपनि अधिकांश सहभागी उठेर हिँडेका थिए । 

    ढिलो गरी आएका केपी ओलीले कांग्रेस र सरकारविरुद्ध तुच्छ शब्द प्रयोग गरेर गाली गरेपछि कार्यकर्ताहरुसमेत असन्तुष्ट बनेका थिए । ओलीले भ्रष्टाचारका विपक्षीलाई हराउने भन्दै गर्दा कार्यकर्ताहरुले मुखामुख गरेर गलल्ल हाँसेका थिए ।

    अव्यवस्थित सभामा जान तिलोत्तमाको शंकरनगरबाट आएका मदन ज्ञवाली पनि केपी ओलीको भनाई सुनेर हाँसिरहेका थिए । 
    उनले भने–‘यो देशमा सबैभन्दा भ्रष्टाचार गर्ने केपी ओलीबाहेक अरु कोही छ ? ओलीले जति गुट, पैसा र पदको दुरुपयोग कसले गरेको छ ? घनश्याम भुसालका कारण यहाँ बसेको छु, तर, भोट त कसलाई दिने मलाई थाहा छ ।’

    उनले सभामा भएको गुटबन्दी र पक्षधरता देखेर एमालेका उम्मेदवारलाई भोट नहाल्ने निधो गरेको बताए । ‘त्यहाँ भित्र गएर हेर्नुस् त ओली गुटको भेला हो कि एमालेको सभा ? एमाले अब एमाले भन्न लायक रहेन, ओली पार्टी हो यो, गाउँका नेताको मुख हेरेर मात्रै हो, ओलीको मुख देख्दा र उनका तुच्छ कुरा सुुन्दा भोट हाल्न मन लाग्दैन’–उनले असन्तुष्टि व्यक्त गरे ।

    यसअघि नेता कुर्दाकुर्दै आत्तिएका कार्यकर्ताहरु कार्यक्रम स्थलबाट बाहिरिने क्रम बढ्न थालेपछि भने औपचारिक कार्यक्रमको सुरुवात गरिएको थियो । तिलोत्तमाको नगर उपप्रमुखकी उम्मेदवार जागेश्वरी देवी चौधरीको स्वागत भाषणसँगै मौन धारणबाट कार्यक्रम सुरु भएपछि भने बाँकी रहेका कार्यकर्ताहरुले आफू बस्ने ठाउँ बनाउँदै थिए ।

    कार्यक्रममा सहभागी नेता तथा वक्ताहरुले अध्यक्ष ओली केही समयमा कार्यक्रम स्थल आइपूग्ने बताउँदै थमथम्याउने काम भएको थियो । रुपन्देहीका विभिन्न पालिकाहरुबाट बिहानै कार्यक्रम स्थलमा उपस्थित भएका कार्यकर्ताहरुलाई घण्टौ पर्खाइमा राखिएको भन्दै उपस्थित मध्येका केही कार्यकर्ताहरुले आपसमा असन्तुष्टि व्यक्त गरेका दृश्य देख्न सकिन्थ्यो ।  

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij