
शुक्रवार , श्रावण ९, २०७७
भैरहवा, ९ साउन ।
करेन्ट लागेर रुपन्देहीमा एक महिलाको मृत्यु भएको छ ।
टेबुल पंखा समाउँदा अचानक करेन्ट लागेर शुक्रबार मायादेवी गाउँपालिका–६ बेथरीका ४० वर्षिय इन्द्रा पासवानको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
करेन्ट लागेर घाइते भएकी इन्द्रालाई उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेज पठाइएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय बेथरी, रुपन्देहीबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij