
शुक्रवार , बैशाख २३, २०७९
बैशाख २२ गते। नेपाली काङ्ग्रेस सियारी गाउँपालिकाले चुनावी प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ । बिहिबार पत्रकार सम्मेलन मार्फत ५ बर्ष भित्र जनतामाझ गर्ने कामको घोषणा पत्र मार्फत सार्वजनिक गरिएको हो ।
नेपाली काङ्ग्रेसको तर्फबाट रुपन्देहीको सियारी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार थानेस्वर घिमिरेले जनताको हितमा काम गर्ने बताएका छ्न । अध्यक्ष पदका उम्मेदवार घिमिरेले सरकारले आफुलाई दिने सेवा सुबिधा गरिब जनताको उत्थानका लागी खर्चिने बताएका छ्न । गरिब परिवारका छोराछोरीलाई अध्ययनमा अतिरिक्त लाग्ने शुल्कलाई आफुले प्राप्त गर्ने रकमबाट तिर्ने घोषणा गर्ने उल्लेख गरे । दलित, अपांग, अशक्त र सीमान्तकृत समुदायको सधै सारथी बन्ने समेत अध्यक्ष पदका उम्मेदवार घिमिरेले बताए ।
के- के छ्न प्रतिबद्धताहरु :
१. भ्रष्टाचारमुक्त स्थानिय तहका रुपमा सियारीलाई स्थापित गर्ने,
२. जनताको सुबिधाका लागि गाउँपालिकाको कार्यालयमा सेवा लिन सेवाग्राहीहरुको लागि समय र रुट मिलाई निशुल्क बस सन्चालन गर्ने,
३. सबै क्षेत्रको उचित र भरपर्दो तथ्याङ्क ब्यबस्थापन गरिने छ । आवधिक योजना बनाई प्राथमिकताका आधारमा सबै क्षेत्रको सन्तुलित बिकास गर्ने,
४. अति बिपन्न तथा गरिब परिवारको छोरीको बिबाहमा आर्थिक सहायताको ब्यबस्था गर्ने,
५. अति बिपन्नको पहिचान गरि बार्सिक रुपमा खाधन्न सामाग्रीका लागि नगद रुपमा रु।१५००० आर्थिक सहायताको ब्यबस्था गर्ने,
६. सडक बिकास,बिस्तार र पिच गर्ने,
७. कृषि तथा बाली बिमाको ब्यबस्था गर्ने,
८. भु(संरक्षण र जलाधार ब्यबस्थापन गरि सार्वजनिक पोखरी नदि किनाराको तटबन्ध तथा दानव र तिनाउ नदिमा तटबन्धको लागि संघ र प्रदेश संग समन्वय र पहल गर्ने,
९. भुमिहिन तथा घरबिहिन नागरिकहरुको लागि एकल तथा आवास निर्माण गर्दिने,
१०. पर्यटन बिकासलाई प्राथमिकता दिई होमस्टे सन्चालन गर्न निरब्याज लोन र तालिम दिने,
११. स्थानियमा सन्चालन हुने उद्योगहरुमा निश्चित प्रतिशत रोजगारी दिनुपर्ने ब्यबस्था गर्ने,
१२. आमनागरिकका लागि शुद्ध खानेपानीका लागि कदम चाल्ने, लगायत धेरै जन्मुखी काम रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij