images

शुक्रवार, चैत्र १६ गते २०८०

मलाई मतदाताले जिताउनुहुनेछ भन्ने कुरामा विश्वस्त छु

मलाई मतदाताले जिताउनुहुनेछ भन्ने कुरामा विश्वस्त छु

images
images
images
बिहिवार, बैशाख २२ २०७९
बिहिवार, बैशाख २२ २०७९
  • मलाई मतदाताले जिताउनुहुनेछ भन्ने कुरामा विश्वस्त छु

    रामदयाल गुप्ता

    images
    images
    images

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट
    वडाअध्यक्ष पदका उम्मेदवार
    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६, रुपन्देही

    चुनावीअभियान कसरी अगाडि बढ्दै छ ?

    घरदैलो अभियानलाई तीव्रता दिइरहेका छौं । घरदैलोमा पुग्दा यस पटक एमालेका उम्मेदवारहरुले जित्ने सुनिश्चित भइसकेको जानकारी पाइरहेका छौं । जनताबाट आर्शीवाद लिइरहेका छौं ।

    चुनाव जित्ने आधार के के हुन् ?

    विगत २० वर्षदेखि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ मा रहेर जनताको पक्षमा काम गर्दै आएको छु । वडाबासी र विभिन्न संघ–संस्थासँग समन्वय गर्दै विकास निर्माणका कार्यलाई अगाडी बढाउँदै आएको छु । गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा उम्मेदवार भइ दोस्रो स्थान प्राप्त गरेको थिए । निर्वाचनमा दोस्रो स्थानप्राप्त गरे पनि अग्रस्थानमा रहेर जनताको सेवागर्दै आएको छु । यो कुरा मैले भन्नु भन्दा पनि जनताले राम्रोसँग बुझ्नुभएको छ । जनतासँग नजिकभएर उहाँहरुको घरदैलोमा पुगेर सेवा गरिहरेको छु । मेरो चुनाव जित्ने मुख्यआधार भनेकै सम्मानित जनताको अमूल्य मत हो ।

    मतदाताले तपाईलाई नै किन जिताउने ?

    मतदाताले मलाई नै किन जिताउने भन्ने कुराको आधार मैले हालसम्म गरेका कामहरु नै हुन् । अहोरात्र जनताको सेवामा निरन्तर लागेको छु । अहिले जुन स्थानमा वडा कार्यालय बनेको छ, त्यो कार्यालय बनाउनका लागि विगतमा हामीले संघर्ष गरेको थियौं । म तीन दिन हिरासतमा थिए । अहिले वडा कार्यालय र स्वास्थ्य चौकी बनेको छ । मैले जिते पछि स्वास्थ्यचौकी बाटै वडाबासीका लागि एम्बुलेन्सको व्यवस्था गर्नेछु । वडाका उम्मेदवारहरु मध्ये सबैभन्दा बढी जनताको सेवामा लाग्ने व्यक्ति रामदयाल गुप्ता हो भन्ने कुरा मतदाताबाट सुनिरहेको छु । त्यसैले म लगायत मेरो टीममा रहेका वडा सदस्यका उम्मेदवार अनिता थापा, स्वेता कुमारी हरिजन, मोहम्मद अकिल मुसलमान र राम प्रसाद श्रेष्ठ तथा एमालेबाट नगर प्रमुखका उम्मेदवार डा. रामप्रसाद बस्याल र उपप्रमुखका उम्मेदवार उमा अधिकारीलाई मतदाताले अत्याधिक मतले जिताउनुहुन्छ भन्ने कुरामा विश्वस्त छौं । सिद्धार्थनगरको जनताको चाहना नै एमालेलाई जिताउनु हो ।

    वडाको विकासका लागि तपाईंका योजना र प्राथमिकता के के छन् ?

    वडाभित्र रहेको श्री महात्मा बुद्ध माध्यमिक विद्यालयको स्तरोन्नति तथा प्राविधिक शिक्षाको व्यवस्था गर्नेछु । शिक्षा, स्वास्थ्य तथा रोजगार, सडक, नाला लगायतको उचित व्यवस्था गर्नेछु । झुटा आश्वासन दिन सक्दिन । जे बोल्छु त्यो गरेर देखाउँछु । विगतमा पदमा नहुँदा पनि जनताको सेवामा लागेको हुँ । योजना र प्राथमिकताको बारेमा भन्नुपर्दा अहिले चुनावी प्रतिवद्धता पत्र बनाइएको छ । मुख्य गरी शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा काम गर्ने योजना र प्राथमिकता रहनेछ । युवायुवती, महिला, वृद्धवृद्धा, उद्योगी, व्यवसायी लगायतलाई समेटेर योजना बनाइनेछ ।

    वडाका मुख्य समस्याका के के छन् ?

    वडामा समस्याहरु धेरै नै छन् ।विगत ५ वर्षमा वडामा कति काम भए त्यो वडा बासीलाई सोधे पनि धेरै कुरा थाहा पाउन सकिन्छ । वर्षायाममा यहाँ डुबान हुने गरेको छ । शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि अपेक्षित रुपमा विकास हुन सकेको छैन । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मलाई मतदाताले जिताउनु हुनेछ भन्ने कुरामा विश्वस्त छु । जिते पछि जनताको काममा लाग्छु र वडामा भएका समस्याहरुको समाधान गर्नेछु ।

    वडामा यहाँको मुख्य प्रतिष्पर्धी पार्टी कुन हो ?

    मुलुकको ठूलोपार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) हो । अहिलेसम्म वडामा मुख्य प्रतिष्पर्धी पार्टी कुन हो भनेर थाहा पाउन सकेको छैन ।

    राजनीतिक दलका नेता तथा कार्यकर्ता निर्वाचनको बेलामात्र घरदैलोमा आउँछन्, अन्य बेला आउँदैनन् र निर्वाचन जितेपछि पनि जनतालाई बिर्सछन् भन्ने गुनासो छ नी ?

    म त्यस्तो नेता होइन । म नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नेता हुँ । म जनताको सेवक हुँ । २०७४ सालको निर्वाचनमा दोस्रो स्थान ल्याएर पराजित भएपनि म जनताको घरदैलोमा पुगेर निरन्तर उहाँहरुको सेवामा लागिरहेको छु । निर्वाचनमा पराजित भएर जनताबाट टाढा थिइन् र जितेपछि त जनताबाट टाढा हुने कुरै हुँदैन ।

    अन्त्यमा के भन्न चाहनुहुन्छ ?
    देश र जनताको पक्षमा काम गर्ने पार्टी नेकपा (एमाले) हो । वैशाख ३० गते हुने निर्वाचनमा एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गरी मेयर, उपमेयर, वडाअध्यक्ष तथा सदस्यहरुलाई अत्याधिक मतले विजयी गराइदिनुहुन सम्मानित जनतामा विनम्र अनुरोध गर्दछु । यहाँहरुकै सल्लाह सुझाव अनुसार अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij