
आइतवार , कार्तिक २३, २०७७
अर्घाखाँची, २३ कार्तिक ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा सन्धिखर्क नगरपालिकाकाका ३ जना रहेको स्वस्थ्य कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ६ सय २ पुगेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिए ।
त्यस्तै गएको २४ घण्टामा सन्धिखर्क नगरपालिकामा ३२ र शितगंगा नगरपालिकामा २ जना गरी जिल्लामा एकै दिन ३४ जनाले कोरोना जितेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । खनालका अनुसार जिल्लाभर हालसम्म ५सय ५७ जना कोरोना निको भएर घर डिस्चार्ज भएका छन् ।
अब जिल्लामा सक्रिय संक्रमितकाृ संख्या ३८ रहेको छ । जिल्लामा हालसम्म ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij