२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सियारीको चौतर्फि बिकास र भ्रष्टचारमुक्त पालिका मरो पहिलो प्राथमिकता : अध्यक्षका प्रत्यासी घिमिरे

मंगलवार , बैशाख २०, २०७९

सियारी। नेपाली काग्रेसको तर्फबाट सियारी गाउँपालिकाको प्रमुख पदका उम्मेदवार थानेश्वर घिमिरेले सियारीको चौतर्फी बिकास र भ्रष्टचारमुक्त सियारी गाउँपालिका निर्माण पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

बितेका ५ बर्षमा सियारी गाउँपालिकामा भ्रष्टचार मौलाएको र गाउँपालिका तत्कालिन जनप्रतिनिधिका आफन्तको भर्ती केन्द्र बनेको भन्दै आफु निर्वाचित भएपछि सियारीमा भएका सम्पुर्ण बेथिति अन्त गर्ने उल्लेख गरे।

गाउँपालिकाको बिकासका लागि आफुले अगाडि सारेको प्रतिबद्धता अनुसार जनताको सुबिधाका लागि गाउँपालिकाको कार्यालयमा सेवा लिन आउने सेवाग्राहिको लागि समय र रुट मिलाएर निशुल्क बस सेवा सञ्चालन गर्ने योजना अघि सारेको बताए।

उनले सबै क्षेत्रको बिकासका लागि पहिलो चरणमा तथ्याङ व्यवस्थापन गरी प्राथमिकताका आधारमा सबै क्षेत्रको सन्तुलित बिकास गर्ने बताए। उनले तयार पारेको प्रतिबद्धता अनुसार अति बिपन्न तथा गरिब परिवारको पहिचान गरी बार्षिक रुपमा खाद्यन्न सामाग्रीका लागि नगद १५ हजार रुपैयाका दरले सहयोग गर्ने, सुगर र व्लड प्रेसरका बिरामीका लागि निशुल्क औषधीको व्यवस्था गर्ने, ज्यष्ठ नागरिकका लागि देशभित्र निशुल्क धार्मिक यात्राको व्यवस्था मिलाईने उल्लेख छ।

त्यस्तै ७० बर्ष पुगेका बृद्धहरुको नियमित स्वास्थ्य परिक्षण घरघरमा गएर गरिने नीति लिईने तथा पालिकाभित्र एक शुलभ औषधी पसलको व्यवस्था गरिने उल्लेख छ।

त्यसैगरी अत्याधिक करका कारण नागरिकमा निरासा छाएको भन्दै करको दर घटाउने र दायर बढाउने नीति लिएको, महिलाद्वारा संचालित साना तथा लघु उद्योग व्यवसायमा स्थानिय कर छुट दिने व्यवस्था मिलाई उल्लेख छ।

स्थानिय रुपमा रोजगारीको सिर्जना गरे वापत स्थानिय करको छुट दिने व्यवस्था मिलाईने छ भने फरक शारीरिक क्षमता भएका बिद्यार्थीका लागि बिशेष कक्षाको व्यवस्था गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ।

त्यस्तै सियारीको बिकासका लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी लगाएतका क्षेत्रको क्रमिक बिकासका लागि योजना निर्माण गरेर काम अगाडि बढ्ने उल्लेख गरिएको छ।

उनले जनताको सच्चा सेवक नेपाली काग्रेस भएकाले नेपाली काग्रेसका उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरे।

सियारी गाउँपालिकामा काग्रेसका उम्मेदवारहरुले घरदैलो तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन्। घरदैलोका क्रममा काग्रेसका उम्मेदवारहरुसंग खुसी साट्दै यसपटक काग्रेसका उम्मेदवारलाई बिजयी बनाउने बताएका थिए। 

thaneshwor news 2.jpeg