२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

लायन्स बुुटवलको आयोजनामा पिस पोष्टर्स प्रतियोगिता  सम्पन्न

आइतवार , कार्तिक २३, २०७७

बुटवल, २३ कार्तिक ।
बालबालिकाको क्षमता अभिवृद्धिकोको लागि अन्तर्राष्ट्रिय लायन्सको योजना अनुुसार पिस पोष्टर्स प्रतियोगिता एक कार्यक्रमबीच सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवलले आयोजनामा शनिबार लायन्स क्लब बुटवलको सचिवालयमा उक्त कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा रुपन्देही जिल्लाका ५ वटा विद्यालयहरु सहभागि थिए । प्रतियोगितामा ११ जना विद्यार्थीले भाग लिएका थिए । ११ जनामध्ये ४ जनाले उत्कृष्ट भएका थिए । प्रथम पुस्कार, आभिप्स भट्टराई (एभरेष्ट माध्यमिक विद्यालय), दोस्रो पुस्कार अर्पिता (सिद्धार्थ बोर्डिङ  स्कुल ) तेस्रो पुरस्कार सुप्रिया श्रेष्ठ (एभरेष्ट माध्यमिक विद्यालय )र सान्त्वना पुरस्कार अनिकेत गहतराज (सिद्धार्थ बोर्डिङ स्कुल) भएका हुन ।

विजेताहरुमध्ये  प्रथमलाई रु ५ हजार, दोस्रोलाई रु ३ हजार, तेस्रोलाई रु. २ हजार तथा सान्त्वनालाई रु १ हजार प्रदान गरिएको हो । विजेताहरुलाई रकमसंगै प्रमाणपत्र र सिल पनि प्रदान गरिएको र सबै सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र दिइएको लायन्स क्लब अफ बुटवलका अध्यक्ष संजय जायसवालले बताए ।  

उक्त कार्यक्रममा प्रमुख अथिति लायन्स आँखा अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए । पिस पोस्टर निर्णयक मण्डलमा नेपाल अध्यक्ष बेनु थापा, अरनिको आर्ट फाउण्डेशन अध्यक्ष मनु गोल्डि रहेको कार्यक्रमका संयोजक प्रतिक पोखरेलले बताए ।