
आइतवार , कार्तिक २३, २०७७
भैरहवा, २३ कार्तिक ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर १५ कोटिहवामा पशु सेवा केन्द्र सञ्चालनमा आएको छ । वडा नम्बर १३, १४, १५, १६ र १७ का किसानलाई सेवा दिने गरी स्थापना गरिएको पशु सेवा केन्द्रको आइतबार नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले उद्घाटन गरिन् ।
यसअघि वडा नम्बर २ जानकीनगरमा मात्र सञ्चालनमा रहेको पशु सेवा केन्द्रलाई आन्तरिक स्रोतमा प्राविधिक नियुक्त गरेर नगरपालिकाले कोटिहवामा समेत विस्तार गरेको हो ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख चौधरीले तिलोत्तमा नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै पशु सेवा केन्द्रबाट अधिकतम लाभ उठाउन किसानलाई आग्रह गरिन् ।
वडाध्यक्ष खेमराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी तथा अगुवा किसानको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij