२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

तिलोत्तमामा यसवर्ष देउसीभैलो खेल्न नपाइने

आइतवार , कार्तिक २३, २०७७

  • 8.6K
    Shares
  • 8.6K
    Shares
  • भैरहवा, २३ कार्तिक । 
    रुपन्देहीको तिलोत्तमा नगरपालिका क्षेत्रभित्र यसवर्ष देउसीभैलो खेल्न नपाइने भएको छ । तिलोत्तमा नगर कार्यपालिका कार्यालयले आइतबार सूचना जारी गर्दै नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा खेलिने देउसी भैलो कार्यक्रम नगर्न/नगराउन जानकारी गराएको छ ।

    विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नगर क्षेत्रभित्र समुदायस्तरमा तीव्र रुपमा फैलिएकोले यसको सम्भावित संक्रमणको जोखिमलाई रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि आउँदै गरेको तिहारमा देउसीभैलो नखेल्न जानकारी गराइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले बताए ।

    नगरपालिकाको कार्तिक १९ गतेको सचिवालयको बैठकको निर्णय अनुसार देउसी भैलो कार्यक्रम नगर्नु/नगराउनुहुन सूचनामार्फत जानकारी गराइएको शर्माले बताए ।124355983_764671084391095_5279234126481921850_o.jpg