images

शनिवार, बैशाख ८ गते २०८१

धम्कीको भाषा पदलोलुपलाई दिनु होला !!!

धम्कीको भाषा पदलोलुपलाई दिनु होला !!!

images
images
images
शुक्रवार, बैशाख १६ २०७९
शुक्रवार, बैशाख १६ २०७९
  • धम्कीको भाषा पदलोलुपलाई दिनु होला !!!

    नेपाली कांग्रेसको ठूलो पंक्ति गठबन्धनको विरोधमा देखिएको छ । सत्ता सुख, मोलमोलाई र कुर्सी मोहमा फसेका नेपाली कांग्रेसका नेताहरु केन्द्र देखि गाउँपालिकासम्म सरकारी ‘दरो’ ब्याक फोर्सका कारण गठबन्धनको पक्षमा लागेको देखिन्छ । अधिकांश कांग्रेसी जनहरु गठबन्धनको पक्षमा छैनन् ।

    images
    images
    images

    यस पृष्ठभूमीलाई केलाउँदै लगियो भने हामी नेपाली कांग्रेसको महाधिवेशनसम्म जानुपर्ने हुन्छ । नेपाली कांग्रेसको सकृय कार्यकर्ताहरुलाई नगर निर्वाचनमा मतदान गर्ने प्रावधानबाट हटाइयो । सकृय कार्यकर्ताहरुले क्षेत्रीय प्रतिनिधि उठ्ने र उनीहरले पार्टी नगर सभापति छान्ने प्रावधान ल्याइयो । यसले गर्दा सहमति गर्ने नाममा क्षेत्रीय प्रतिनिधिको पनि स्वच्छ र सफा निर्वाचन हुनै सकेन । निर्वाचन तालिका प्रकाशन भएर ५ बजेसम्म हुनु पर्ने निर्वाचन सहमतीको नाममा राती ८ बजे सम्म गयो । नेपाली कांग्रेस नगर सभापति निर्वाचन पनि स्वच्छ र सफा तरिकाले हुनै पाएन र भएन । यसै गरि एउटा महान प्रजातान्त्रिका पार्टीको आन्तरिक निर्वाचन अत्यन्तै असहज परिस्थितिमा सम्पन्न हुन पुग्यो ।

    काठमाडौँमा सम्पन्न महाधिवेशनमा त झन ठूलो खेल भयो । शक्ति  हत्याउने नाममा पद बाडफाँड हुँदा पार्टी सभापतिलाई जहिले पनि विरोध गर्ने रामचन्द्र पौडेल र प्रकाशमान सिंहले देउवालाई नै सघाउन पुगे । यति मात्र होइन रामचन्द्र पौडेलले  त महाधिवेशनमा भोटसम्म पनि खसाएनन् । यसलार्य वहिष्कार भनौ या तटष्थ जे भने पनि भयो । अहिले सबैभन्दा बढी गठबन्धनको मसिहा रामचन्द्र नै हुन पुगे। यसका पछाडी के के स्वार्थ छन् , त्यो तभविष्यमा छताछुल्ल होला नै .....!! शक्ति, पद र पैँसाका लागि पार्टिलाई धरापमा पार्न पाईंदैन, यो पार्टी कसैको विरासत होइन , आम कार्यकर्ताको मनोबललाई गिराउन पाइदैन । पार्टी सभापतिले जबसम्म आफ्ना कार्यकर्ताको मनोभाव बुझ्दछन् तबसम्म ज्यान अपर्ण गर्न सक्ने तागत ऐले पनि काँग्रेसीहरुमा छ ।

    पार्टीि सभापति पार्टीका मार्गनिर्देशक अभिभावक र पालनकर्ता पनि हुन्, यसबाट यदि च्यूत हुन्छन् भने नेपाली कांग्रेसका लाखौं कार्यकर्ताहरुले यिनको ऋण खाएका छैनन् काँध थाप्न सक्दैनन् । 
    गठबन्धन टुट्यो भने हामी कमजोर हुन्छौ, एमाले अझै दरो छ भन्ने दलिल नै सबै भन्दा कमजोर मानसिकताको उपज हो , पार्टी ध्वस्त भएपनि गठबन्धन रहनु पर्छ र सत्ता आफ्नै हातमा हुनुपर्छ भन्ने मानसिकताले सारा कांग्रेसी जनलाई दुःखी तुल्याएको छ । कम्युनिष्टहरु ‘एक ’ हुन्छन् भने हुन देउ, आफ्नो संगठन शसक्त पार । नेपाली कांग्रेसको संगठन कमजोर छैन सय कम्युनिष्ट पार्टीहरु मिले पनि शसक्त ढंगले मुकाबिला गर्न सक्छ भनेर पार्टी कार्यकर्ताहरुलाई उर्जा दिनुपर्नेमा कम्युनिष्ट मिले हामी हारिन्छ भन्ने जस्ता हुतिहारा कुरा गर्नै हुन्न ।

    एमालेले जिते प्रतिगमन हुन्छ भन्छन् नेताहरु ! के हो प्रतिगमन ? लोकतान्त्रिक व्यवस्थामा कसैले निर्वाचन जित्नु प्रतिगमन हुन्छ ? अनि गठबन्धनको नर्कमा पौडी खेल्नु अग्रगमन हुन्छ । नेपाली काँग्रेस, एमाले, राप्रपा माओवादी आदि दलहरु लोकतान्त्रिक पद्यतीमा आइसकेपछि सबै अग्रगमनकारी नै हुन्। निर्वाचन जितेर आफ्नो पार्टीको एजेण्डा लागू गर्नु पनि अग्रगमन नै हो यसलाई अन्यथा मान्नु हुँदैन ।

    रुपन्देहीमा आएका गठबन्धनका गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन विरुद्ध लाग्नेहरुलाई पार्टीले कडा कारवाही गर्ने चेतावनी दिएछन् । उनले पार्टीको केन्द्रिय कमिटी र गठबन्धनले गरेको निर्णय विरुद्ध लाग्ने जो कोहीलार्ई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाइने र पार्टि भित्र पनि स्थान नदिइने बताएछन् ।

    उनको यो चेतावनी ति पार्टीको कार्यकर्ताहरुको लागि हो जो आगामी निर्वाचनमा उठ्न चाहान्छन्, जो पार्टिमा आफ्नो स्थान खोज्दछन् । ति लाखोँ कार्यकर्ताहरु जो नेपाली कांग्रेसको आदर्श र गन्तव्यको आश गरेर पार्टी नेतृत्वलाई हेरेर बसेका छन् ।जसलाई न पद न पैसाँ न पार्टीमा स्थान चाहीएको छ , भन्नुहोस् तिनलाई कस्तो कारवाही हुन्छ ? गृहमन्त्रीसँग लठ्ठी छ हामीसँग मताधिकार छ, अझैँ धेरै निर्वाचनहरुमा हामी भाग लिन्छौँ(यस्तो धम्किको भाषा पदलोलुपहरुलाई दिनु होला – कांग्रेसका लागि ज्यान अर्पण गर्न पछि नपर्ने कार्यकर्ताहरुलाई नदिनु होला । तपाईको धम्की हामीलई स्वीकार छ, हामी नेपाली कांग्रेस भएर बाँच्न चाहान्छौ गठबन्धन कांग्रेस होइन ।

    नेपाली कांग्रेसलार्ई हामीले जान्दा देखि नै सिंचित गर्दै आएको हौ । यसलाई एउटा मोडल पार्टीको रुपमा स्थापीत गर्ने लक्ष्य थियो वि.पी को । वि.पीले भन्नु भएको छ शैक्षिक क्षेत्र बाहुबल प्रयोग गर्ने स्थान होइन तर विडम्बना आफ्नै आन्तरिक पार्टीको निर्वाचन सबै बलको प्रयोग भइरहेको छ । गृहमन्त्रकिो अभिव्यक्तिले पनि त्यही इसारा गरेको  छ ।

    वर्तमान सरकार गठबन्धनको जगमा बनेको कुरा हामी सबैले बुझेका छौं तर यो गठबन्धको जगले नेपाली कांग्रेस पार्टीलाई कहाँ पुर्‍याउँछ ? ठण्डा दिमागले कहिलै सोच्नु भएछ ? 
    हामी जस्ता नेपाली कांग्रेस प्रति  प्रतिबद्ध मानिसहरुका लागि नेपाली कांग्रेस केन्द्रीय कमिटिको गलत निर्णयलार्य मान्नै पर्छ भन्ने छैन । गठबन्धन दलहरु वीचमा सहमती र सहकार्य गर्ने अनि आफ्ना तमाम कार्यकर्ताहरुलाई पाखा लगाउने ? तपाईहरुको गठबन्धन आम काँग्रेसी कार्यकताृहरुलाई स्वीकार्य भएपनि निर्वाचनमा हाम्रो हक अधिकार प्रति हामी सचेत छौ । गठबन्धन गर्नुहोस् सत्तामा बस्नुहोस् तर हामी माथि लादने काम नहोस्।  

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij