२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

लुम्बिनीका राप्रपा उम्मेदवारहरुले भ्रष्टाचार नगर्ने भन्दै मन्दिरमा कसम खाए

शुक्रवार , बैशाख १६, २०७९

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, १६ वैशाख ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष तथा वडा सदस्यका उम्मेदवारहरुले चुनाव जिते एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने भन्दै मन्दिरमा कसम खाएका छन् ।

    उनीहरुले जनप्रतिनिधिको रुपमा निर्वाचित भए भ्रष्टाचार नगर्ने भन्दै कसम खाएका हुन् ।

    शुक्रबार बिहान मायादेवी गाउँपालिका–५ सेमरहनास्थित प्रकेटश्वर मन्दिरमा गएर मेयर पदका उम्मेदवार हरिहर जयसवाल (मनोज), उपमेयरका उम्मेदवार राधेश्वर बरई (चौरसिया) तथा १३ वटै वडाका वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारले कसम खाएका हुन् ।