
शनिवार , कार्तिक २२, २०७७
भैरहवा, २२ कार्तिक ।
रुपन्देहीमा शनिबार थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा २७ महिला र २२ जना पुरुष छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शनिबार बुटवल उपमहानगरपालिकाका १४, सिद्धार्थनगर नगरपालिकाका १२, तिलोत्तमा नगरपालिकाका ५, देवदह नगरपालिकाका १२, रोहिणी र शुद्धोधन गाउँपालिकाका २/२, सैनामैना नगरपालिका र ओमसतिया गाउँपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै रुपन्देहीमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ हजार ८ सय ५० पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए ।
त्यस्तै जिल्लामा हालसम्म ५ हजार ४ सय १६ कोरोना संक्रमित निको भएका छन् भने १ हजार ३ सय ५९ जना उपचाररत छन् ।
स्वास्थ्य कार्यालयका अनुसार रुपन्देहीमा हालसम्म ७५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij