
शनिवार , कार्तिक २२, २०७७
बुटवल, २२ कार्तिक ।
नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् ।
संघले हरेक महिनाको तेस्रो शनिवार अनिवार्य रुपमा रक्तदान गर्ने कार्यतालिका अनुसार रक्तदान गरेको कार्यक्रम संयोजक राजेश
गैरेले बताए ।
रगतको अभाव हुन नदिने र रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस् भन्दै संघले संस्थामा रहेका व्यक्तिहरुलाई कार्य विभाजन गरी काम गरेको उपाध्यक्ष लेखनाथ भण्डारीले बताए ।
नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षता,सामाजिक अभियन्ता अशोक बज्राचार्यको प्रमुख आतिथ्यता तथा कोषाध्यक्ष दीपक अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । गर्नु शाक्य समाज रुपन्देही र ईन एण्ड आउट रेष्टुरेण्टले कार्यक्रम सफल वनाउन सहयोग गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij