२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

शनिवार , कार्तिक २२, २०७७

भैरहवा, २२ कार्तिक । 
रुपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटीपिपलस्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा लरी (ट्रक)मा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको एचआर ३८ क्यू ८८७२ नम्बरको ट्याक्टर लोड भएको लरी (ट्रक)मा लु २० प ३५४ नम्बरको मोटरसाइकल ठोक्किँदा ओमसतिया–१ का ३५ वर्षिय सञ्जिव चौधरीको मृत्यु भएको हो ।

चौधरीलाई उपचारका लागि काठमाण्डौं लैजाने क्रममा शनिबार बिहान ६ बजे मुग्लिन नजिकै बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्क बहादुर खत्रीले जानकारी दिए ।

मोटरसाइकलमा सवार ओमसतिया–२ पडसरीका २१ वर्षिय नितेश थापाको टाउकोमा चोट लागेको र उनको काठमाण्डौ बाँसबारीस्थित उपेन्द्र देवकोटा न्यूरो अस्पतालमा उपचार भइरहेको खत्रीले जानकारी दिए । थापाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । ट्रक, ट्रक चालक र  मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।