२०८३, बैशाख ३ गते

Apr 16 2026 | २०८३, बैशाख ३ गते

राप्रपा सिद्धार्थनगरको मेयरमा राणा र उपमेयरमा गुप्ताद्वारा उम्मेदवारी दर्ता

सोमवार , बैशाख १२, २०७९

  • 8.3K
    Shares
  • 8.3K
    Shares
  • भैरहवा, १२ वैशाख । ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) मा सागर प्रताप राणा र उपप्रमुख (उपमेयर) मा विनिता गुप्ताले उम्मेदवारी दिएका छन् । सोमबार भैरहवास्थित बाल मन्दिरमा रहेको मुख्य नर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।

    राणा सिद्धार्थनगरको पूर्व मेयर हुन् । उनी पार्टीका रुपन्देही जिल्ला अध्यक्ष समेत हुन् । गुप्ता पार्टी सिद्धार्थनगर कमिटी सदस्य हुन् ।

    राप्रपाले १३ वटै वडाध्यक्ष र सदस्यहरुमा पनि उम्मेदवारी दिएको छ ।

     


    यी हुन् वडाध्यक्षका उम्मेदवारहरु

    १. सुमित प्रधान

    २. छेदीलाल श्रीवास्तव

    ३. नारायणप्रसाद उपाध्याय

    ४. मुक्तिनाथ यादव (भोला)

    ५. विश्व प्रकाश श्रेष्ठ

    ६. दिलिप कुमार मल्लिक

    ७. चन्द्रभक्त श्रेष्ठ

    ८. मेघनाथ आचार्य

    ९. प्रभात ज्ञवाली

    १०. चन्द्रशेखर प्रसाद पाण्डे

    ११. गनेश यादव

    १२. बलराम शर्मा

    १३. मदन श्रेष्ठ