सोमवार, जेठ १५ गते २०८०

रुपन्देहीमा मनोनयन दर्ता न्यून, अधिकांशले भोलि गर्ने

रुपन्देहीमा मनोनयन दर्ता न्यून, अधिकांशले भोलि गर्ने

images
images

खबर पात्रो

११, बैशाख २०७९
  • 2.0K
    SHARES
  • रुपन्देहीमा मनोनयन दर्ता न्यून, अधिकांशले भोलि गर्ने

    भैरहवा, ११ वैशाख ।
    रुपन्देहीमा स्थानीय तहको मनोनयन दर्ताको पहिलो दिन खासै उत्साह देखिएन । ठूला राजनीतिक दलले उम्मेदवारी दर्ता नगर्दा उत्साह नदेखिएको हो । आइतबार केही साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मात्र उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको धनसिंह महराले बताए । साना दल र स्वतन्त्र उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गर्दा आचासंहिता उल्लंघनका क्रियाकलाप पनि भएनन् ।
     
    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पहिलो दिन अधिकांश पालिकामा मेयर÷उपमेयर, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरुमा बढी मात्रामा स्वतन्त्र उम्मेदवारी परेको छ । सिद्धार्थनगर नगरपालिकामा ईश्वरी खड्काले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी छन् । नेपाल जनता पार्टीका लालमन शाह तेलीले पनि मेयरमा उम्मेदवारी दिएका छन् । त्यस्तै, पारुल बेरिवालले स्वतन्त्रबाट वडा नम्बर पाँचको वडाध्यक्षमा उम्मेदवारी दिएकी छन् । वडा नम्बर १ बाट रोहित थापाले स्वतन्त्र वडा सदस्यमा र वडा नम्बर ४ बाट प्रेम बहादुर केसीले वडा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
     
    बुटवल उपमहानगरपालिकामा पाँचदलीय गठबन्धन तोड्दै जनता समाजवादी पार्टी (जसपा) ले मेयर र उपमेयर दुवै पदमा उम्मेदवारी दर्ता गराएको छ । मेयर पदका लागि सुरज हितान मगर र उपमेयरमा सम्झना पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । १६ स्थानीय तह रहेको रुपन्देहीका सबैजसो पालिकामा स्वतन्त्र उम्मेदवारी परेको छ ।

    images
    images
    प्रकाशित मिति :बैशाख ११, २०७९ आइतवार - १९:१४:३६ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend