२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

लायन्स सिद्धार्थनगर प्रोफेसनलले दियो बैंकिङ तालिम 

आइतवार , बैशाख ११, २०७९

भैरहवा, ११ वैशाख ।
क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई एक लायन्स क्लबले बैंकिङ तालिम प्रदान गरेको छ । बैंकर्सहरूले स्थापना गरेको लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनलले भैरहवामा दुई दिनसम्म उक्त तालिम सञ्चालन गरेको क्लबकी अध्यक्ष तथा सनराइज बैंकका अधिकृत ऋचा केसीले बताइन् ।

बैंक तथा वित्तीय शिक्षाले युवा पुस्तालाई थप योग्य बनाउने भएकाले यस्ता तालिमको महत्व हुने क्लबका संस्थापक अध्यक्ष मेगा बैंकका क्षेत्रीय प्रबन्धक अमृत थापाले बताए ।

बैंक तथा वित्तीय विषयको व्यवहारिक पक्षको अनुभव बोकेका बैंकमा कार्यरत कर्मचारीले दिएको तालिम थप लाभदायक हुन सक्ने क्याम्पस प्रमुखहरूको भनाइ छ ।

IMG-20220423-WA0001.jpg

१३० जना विद्यार्थीहरूलाई ग्लोबल आइएमई बैंकका प्रबन्धक प्रेमसागर अग्रहरी, सिद्धार्थ बैंकका प्रबन्धक जीवन घिमिरे र वित्तीय स्तम्भकार सनराइज बैंकका कृष्ण प्रसाद बस्यालले प्रक्षिक्षण दिएका थिए । यी सबै लायन्स क्लबका पदाधिकारीहरु हुन् ।
भैरहवाको साई ग्लोबल कलेजका ६० जना र रुपन्देही क्याम्पसका ७० जना विधार्थीहरू उक्त बैंकिंग तालिममा सहभागि भएका थिए । क्लबले प्रत्येक वर्ष बैंकिङ तालिम सञ्चालन गर्दै आएको अध्यक्ष तथा प्रशिक्षक ऋचा केसीले जानकारी दिइन् ।