२०८२, पौष २९ गते

Jan 13 2026 | २०८२, पौष २९ गते

प्रतिमा बस्नेत स्मृति सहयोगी संस्थाद्धारा रक्तदान 

शनिवार , कार्तिक २२, २०७७

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • बुटवल, २२ कार्तिक । 
    सडक दुर्घटनामा ज्यान गुमाएकी स्व. प्रतिमा बस्नेतको सम्झनामा रक्तदान जीवनदान भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै संस्थाले रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

    विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का असरले नेपाल पनि अछुतो छैन । यस महामारीकाबीच पनि रगतको अभावले कसैले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष नरेन्द्र बस्नेतले जानकारी दिए ।  

    सडक दुर्घटनामा परी रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ हरेक वर्ष रक्तदान कार्यक्रम संचालन गर्दै आएको प्रतिमा बस्नेत स्मृति सहयोगी संस्थाले यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो । 

    नवौं प्रतिमा जयन्ती तथा संस्थाको आठौं साधारणसभाका अवसरमा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कोरोना कहरका समयमा पनि २३ जनाले रक्तदान गरेका थिए ।  

    संस्थाले हरेक वर्ष रक्तदानका साथै समाजका बिभिन्न क्षेत्रमा अमुल्य योगदान पु¥याएका बुद्धिजिबी, समाजसेवीहरु, पत्रकारहरुका साथै यस क्षेत्रका विभिन्न विद्यालयमा अध्ययन गर्ने गरीब तथा जेहेन्दार विद्याथीलाई छात्रवृत्ति वितरण, अशक्त असहाय, वृद्ध वृद्धाहरुलाई आर्थिक सहयोग प्रदान लगायतका कार्यक्रम पनि गर्दै आएको छ । तर कोरोना कहरका कारण यस वर्ष सम्मान लगाएतका कार्यक्रम नगर्ने सोच बनाइएको संस्थाका अध्यक्ष बस्नेतले बताए ।